Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो (जापान)– ब्राम्हण नेपालको झापा विर्तामोडमा, शिशु र उनका बुबाआमा जापानको टोकियोस्थित सरकारी आवास क्षेत्र दान्चीमा ।
यति टाढाको भौगोलिक दूरी चिर्दै केही दिनअघि एक नवजात शिशुको हिन्दु संस्कारअनुसार न्वारन सम्भव भएको छ । अनलाइन स्काइप भिडियो कलको मान्यमबाट मन्त्रोच्चारण गरी नेपाली दम्पतीबाट जन्मेका बालिको न्वारन गरिएको हो ।
जापान सरकारको छात्रबृत्तमा टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एन्ड टेक्नोलोजीमा भेटेरिनरी साइन्समा पिएचडी गरिरहेका सुर्खेत धुलियाबिटका प्रमोद ढकाल र सरकारी छात्रवृत्तिमै गिफु युनिभर्सिटीमा पिएचडी गरिरहेकी उनकी श्रीमती निकुनबाट असोज ६ गते स्थानीय इनागी अस्पतालमा छोरी जन्मेकी थिइन् ।
जन्मेको ११ औं दिनमा स्काइप भिडियो कलबाट विर्तामोडमा रहेका पण्डित माधव चापागाईँले बालिकाको न्वारन कर्म गरेको बालिकाका बाजे विनोदले जानकारी दिए । हिन्दू परम्पराअनुसार विधिवत मन्त्रोच्चारण गरी नातिनीको न्वारन गरिएको उनले बताए ।
हाल जापानमा रहेका विनोदले भने विदेशमा रहेर पनि नेपाली संस्कारअनुसार वैदिक कार्य गर्न पाएकोमा खुशी लागेको उनले बताए । बालिकाको नाम खुश्वु राखिएको छ ।
तपाईको प्रतिक्रिया