Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ ची नेतृत्वको टोलीले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग आग्रह गरेको छ । प्रधानमन्त्री भट्टराईसँग सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा चिनियाँ टोलीले चीन विरोधी गतिविधि नियन्त्रण गर्न आग्रह गरेको हो ।
त्यस्तै भेटमा सीमा सुरक्षाका विषयमा पनि छलफल भएको छ । भेटमा छिट्टै नेपाल आउने तयारीमा रहेको चिनिया उच्चस्तरीय टोलीको भ्रमण र चीनबाट नेपालले पाउनसक्ने सहयोग लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
जवाफमा प्रधानमन्त्री भट्टराईले एक चीन नीति प्रति नेपाल प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले नेपालको भूमिमा चीन विरोधी क्रियाकलाप हुन नदिन नेपाल सचेत रहेको बताउनुभयो ।
शनिबार नेपाल आएको टोलीले राष्ट्रपति र विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रम तय भएको नेपालमा रहेको चिनियाँ दुतावासले जनाएको छ ।
तपाईको प्रतिक्रिया