Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

काठमाडौं – मुस्लिम धर्मावलम्बीहरुको रमजान इद पछिको दोस्रो ठूलो चाड बकर इद आज नेपाल लगायत विश्वभर एकआपसमा आशिर्वाद तथा शुभकामना आदान प्रदान गरी भव्य रुपमा मनाइँदैछ ।

रमजान अर्थात् इदुलफित्रको ठीक दुई महिना दश दिनमा मनाइने यो पर्वमा हज गर्न जान चाहने हैसियत भएका मुसलमानहरु साउदी अरबको मक्का र मदिना जाने गर्छन् ।

प्रत्येक मुसलमानले हजलाई धार्मिक एवम् ठूलो पुण्यप्राप्ति हुने र जीवनको सफलतासँग गाँसेको हुन्छ । हज गरेर आउने मुसलमानलाई हाजीको सम्मान दिइन्छ र उनीहरु यसलाई गौरव ठान्छन् ।

मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपश्चात् सरकारले सबै धर्मावलम्बीको महत्वपूर्ण चाडमा सार्वजनिक बिदा दिने नीतिअनुसार बकर इदमा पनि बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

इस्लामका पाँच आधार स्तम्भमध्ये हजलाई मुख्य मानिन्छ । बकर इद मुस्लिम समुदायको हज अर्थात् तीर्थाटन र बलिदानको रुपमा मनाइन्छ । यसलाईनै खुसीको महिना भन्दै बकर इद पर्व तीन दिनसम्म मनाइन्छ तर यस पर्वमा रोजा अर्थात् व्रत बस्नु पर्दैन ।

मुस्मिलहरुको महान पर्व इदको अवसरमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश भित्र र बाहिर रहेका सम्पूर्ण मुस्लिम समुदायमा यस पर्वले माया प्रम सद्भाव र खुसी कायम गर्न सफल रहेको भन्ने शुभकामना दिनु भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया