Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

चितवन – शान्ति प्रकृया टुङ्ग्याउने बिषयमा प्रमुख दलहरुबीच भएको ७ बुँदै सहमतिलाई माओबादीको तेस्रो डिभिजनले स्वागत गरेको छ ।

राजनीतिक सहमतिमा भएको निर्णयलाई कुनै गुटले विथोल्न नहुने भन्दै यसलाई खुसियालीको रुपमा मनाउन सबै लडाकुहरुलाई तेस्रो डिभिजनले आग्रह समेत गरेको छ ।

लामो समयदेखि अड्किएको शान्ति प्रकृयालाई टुङगोमा पुर्‍याउन भएको सहमती भाँड्ने काम कसैले गर्न नहुने लडाकुहरुले बताएका छन् ।

चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनका लडाकुहरुले थोरै सँख्यामा समायोजन गर्ने भने पनि राजनीतिक सहमति सकरात्मक भएको बताएका छन् ।

पार्टी भित्रै समायोजनका विषयमा भएको असहमतिले लडाकुलाई केही असर नपर्ने समेत उनीहरुले बताएका छन् ।

पार्टीभित्र भएको विवादले कुनै असर नगर्ने तेस्रो डिभिजनस्थित प्रताप स्मृति बिग्रेडका बटालिएन कमाण्डर श्रीलामा कर्माले बताए । उनले आफूहरु राष्ट्र र जनताप्रति लडेर आएकाले कुनै गुटले भनेको नमान्ने समेत स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया