Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदारले गृहमन्त्रीको हैसीयतले १० हजार मधेशीलाई सेनामा भर्ति गर्ने दाबी गर्नु भएको छ ।
मधेशी विद्यार्थी फोरम लोकतान्त्रीकको दोस्रो स्थापना दिवस कार्यक्रमलाई बिराटनगरमा सम्बोधन गर्दै उहांले यस बिषयमा अन्यदल संग छलफल भईरहेको बताउनु भयो । उहांले शान्ति र संबिधानका लागी फोरम लोकतान्त्रिक सरकारमा गएकाले संबिधान बन्न अब कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।
स्वायत्त मधेश प्रदेश सहितको संघीयराज्य स्थापना नहुञ्जेल आफुहरुको आन्दोलन नरोकिने गच्छेदारले चेतावनी दिनुभयो ।
तपाईको प्रतिक्रिया