Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- जापानले नेपालको संविधान निर्माण र शान्ति प्रक्रियामा सहयोग पुर्‍याउने वचन दिएको छ ।
यसै सातामात्र नेपाल आइपुगेका जापानका नवनियुक्त राजदूत कुनियो ताकाहासीले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेर शान्ति प्रक्रिया र संविधान निर्माणमा सहयोग गर्ने वचन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले जानकारी दिए ।
राजदूत ताकाहासीले प्रधानमन्त्रीलाई करिव आधा घण्टा भेटेका थिए । नेपाल आएका जापानी राजदूत कुनियो ताकाहासीले मंगलबारदेखि पदभार ग्रहण गरेका हुन् ।
अघिल्ला राजदूत तासुओ मिजुनोको आफ्नो कार्यकाल सकिएर स्वदेश फर्केपछि ताकाहासी नेपाल आएका हुन् । उनले गत सोमबार राष्ट्रपति डा। रामवरण यादवबाट ओहोदाको प्रमाणपत्र लिएका थिए ।
तपाईको प्रतिक्रिया