Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

टोकियो – बिश्वकै प्रसिद्ध हवाइजहाज निर्माता बोइङले हालै मात्र बजारमा ल्याएको बोइङ ७८७ ड्रिमलाइनर बिमानको पहिलो उडान नारिता बाट हङकङको लागि उडेको थियो । जसको एउटा टिकट लीलाम बढाबढमा साधारण मुल्य भन्दा १३ गुणा बढी ३४ हजार डलरमा बिक्री भएको थाहा लागेको छ । अत्याधुनिक र कम इन्धन लाग्ने भनिएको उक्त बिमान मार्फत अल निप्पोन एयरलाइन्स (ANA) ले पहिलो उडान भरेको थियो र सो उडान नारिता-हङकङको रहेको थियो । हवाइ उध्योगको क्षेत्रमा नयाँ आयाम थप्ने आशा गरिएको ड्रिमलाइनरको पहिलो उडानमा २५२ जना यात्रुहरुले यात्रा गरेका थिए । सो बिमान उडनु अघि ANA का अध्यक्ष सिनइचिरो इतो र बोइङ कंपनिका उपाध्यक्ष स्कट फ्यन्सरले जापानी टि-सर्ट लगाएर यात्रुहरुलाई वाइन बाडेका थिए । उक्त बिमान लक्ष्य राखिएको भन्दा ३ बर्ष पछि मात्र बजारमा आएको छ । ANA ले बोइङ ७८७ ड्रिमलाइनरको पहिलो उडानमा ६ वटा बिजिनेस क्लासका टिकटहरुको लागि लीलाम बढाबढको आह्वान गरेको थियो । जस मध्ये एउटा टिकट ३४ हजार डलरमा बिक्री भएको थियो । उक्त टिकट हात पार्नेमा मियामि (अमेरिका) का ४८ बर्षिय ब्यापारी गिनो बर्तुसिओ थिए । जसले गल्तिले उक्त अंक टाइप गेरेका कुरा अमेरिकाको वाल स्ट्रीट जर्नलले जनाएको छ । सो जर्नलका अनुसार सोही उडानमा यात्रा गर्नेमा अर्का ५९ बर्षिय क्यालिफोर्नियाका ब्यापारी थोमस ली थिए । जसले १९७० मा बोइङ ७४७ र २००७ मा एयरबस A३८० को पहिलो उडानमा पनि यात्रा गरेका थिए ।

ANA ले उक्त जहाजबाट बेइजिङ, फ्य्रान्कफर्ट तथा हङकङ आदि स्थानहरुमा नियमित उडान भर्ने योजना बनाएको छ । बोइङका एक अधिकारीका अनुसार बोइङको उक्त बिमान हल्का बस्तुहरुको प्रयोगबाट बनाइएकोले सो बिमानले साधारण भन्दा २० प्रतिशत कम इन्धन खपत गर्नेछ । जसले गर्दा इन्धन खर्च बढी बेहोर्नु परेको अहिले सम्मको स्थितिबाट पार पाउन सकिनेछ । उक्त श्रोतका अनुसार बोइङ ७८७ ले हवाइ क्षेत्रमा एउटा नयाँ आयाम ल्याएको छ र यसको बिक्री पनि सन्तोषजनक रुपमा हुनेछ । २० करोड २० लाख अमेरिकी डलर मुल्य पर्ने उक्त बिमानको सन २००४ देखि नै अर्डर आइसकेको र हाल सम्ममा ८०० वटा अर्डर प्राप्त भइसकेको जनाइएको छ । यसै बीच बोइङ ७८७ मार्फत उडान शुरु गरेको पहिलो बिमान कंपनी ANA ले यस बर्षको पुर्वार्धको नाफा ७२ दशमलब १ प्रतिशतले ब्रिद्धी भएको जनाएको छ । स्मरण रहोस, केही बर्षदेखि जापानको सरकारी एयरलाइन्स कंपनी जापान एयरलाइन्स (JAL) धारासायी स्थितिमा पुगेपछि ANA ले जापानी हवाइ क्षेत्रमा अधिपत्य जमाउदै आएको छ ।+++

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया