Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सुर्खेत- वीरेन्द्रनगरको हटियामा बस्दै आएकी एक बालिकालाई भिनाजुले पटकपटक बलात्कार गर्ने गरेको पाइएको छ । विगत दुई वर्षदेखि दिदीको घरमा बस्दै आएकी ११ वर्षीया ती बालिकालाई भिनाजुले पाँच महिनादेखि पटकपटक बलात्कार गर्ने गरेका हुन्।
शनिबार पीडककी श्रीमतीले प्रहरीलाई जाहेरी दिएपछि बलात्कारको घटना बाहिर आएको हो । पहिलेदेखि नै बहिनीलाई बलात्कार गर्दै आइरहेका थिए’ पीडक मीनबहादुर विककी श्रीमती इन्द्रा विकले भनिन्- पहिले-पहिले सम्झाउने गरे अति भएपछि प्रहरीलाई खबर गरेकी हुँ । उनले पढाउन र घर व्यवहारमा आफूलाई सहयोग गर्नका लागि दुई वर्षअघि माइतीबाट बहिनीलाई ल्याएको बताइन् । पटकपटक बहिनीलाई अन्याय गर्न थालेपछि आफूले बहिनीलाई घरमा पठाउन प्रयास गरेको भए पनि श्रीमानले नमानेको बताइन् । बहिनीलाई घर पठाउँछु भन्दा मलाई कुट्थे -उनले भनिन्- लामो समयदेखि अन्याय सहेर बसेकी थिएँ ।
इन्द्राले दिएको जाहेरीमा असार महिनादेखि पटकपटक बहिनीलाई बलात्कार गर्ने गरेको उल्लेख छ । असारदेखि बहिनीमाथि पटकपटक बलात्कार गर्ने गरेका रहेछन् -यसबीचमा मैले दुई पटक आफ्नै आँखाले देखें -जाहेरीमा भनिएको छ सम्झाउँदा पनि नमानेपछि प्रहरीलाई खबर गरेकी हुँ ।
पीडित बालिका वीरेन्द्रनगरकै एक विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् । आफूलाई भिनाजुले पटकपटक बलात्कार गर्ने गरेको बालिकाले बताइन् । मैले जति प्रतिकार गर्दा पनि भिनाजुले धम्क्याएर बलात्कार गर्थे’ बालिकाले भनिन्- दिदीलाई खबर गर्दा पनि घरभित्रको कुरो बाहिर भन्नु हुँदैन भन्दै लुकाउँथिन् । आफूमाथि पटकपटक बलात्कार हुन थालेपछि दैलेख घर जान खोजेको तर भिनाजुले जान नदिएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया