Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- पछिल्लो समय लेखनलाई प्राथमिकता दिँदै आएको पोलिट्ब्युरो सदस्य प्रदीप नेपालले लेखेरमात्रै राजनीतिक नेतृत्व सचेत नभएको टिप्पणी गरेका छन् । यद्यपि हरेस खाएर सचेत बनाउने काम रोक्न नहुने उनको भनाइ छ ।
‘लेखेरमात्रै माओवादी, कांग्रेस, एमाले वा मधेसवादी शक्ति कसैले नटेर्ने भए,’ राजधानीका केही दैनिक पत्रिकामा नियमित लेख लेख्दै आएका नेता नेपाल भन्छन्, ‘तर के गर्ने नलेख्दा झन् नेतृत्व बैरी हुन्छ, हरेस त खानु भएन नि ।’
दैनिक पत्रिकामा स्तम्भ लेख्दै आएका नेता नेपाल पटक-पटक गरी सूचना तथा सञ्चार, जलस्रोत र शिक्षा मन्त्री भइसकेका छन् । एमालेको बुटवलमा सम्पन्न महाधिवेशनमा महासचिवको उम्मेदवारी दिएका उनलाई ईश्वर पोखरेलले हराएका थिए ।
नेपालका लेखमा प्रायःगरी माओवादी र मधेसवादी शक्तिलाई बढी नै पेलिएको हुन्छ । उनले माओवादीलाई अहिले पनि ‘उग्रबामपन्थी’ र मधेसावदी दलहरुलाई ‘जमदारको पार्टी’ भन्छन् ।
तपाईको प्रतिक्रिया