Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले दलहरुबीच भएको सात बुँदे सहमतिपछि हर्ष बढाइँ गर्ने बेला नभएको बताएका छन् ।
एक रेडियोलाई आइतबार बिहान दिएको अन्तर्वार्तामा आचार्यले भने– ‘सहमति हुनेवित्तिकै हर्ष बढाइँ गर्ने परिवक्व बेला भएको छैन, अझै धेरै काम गर्नुपर्नेछ । संविधानका धेरै विवादहरु यथावत् छन् ।’
आचार्यले सहमतिपछि सहमतिले शान्तिको आधारशीला निर्माण भएको भन्दै यसले जनतामा आशा भने जगाएको बताए । ‘यसले अब हिंशाको आधारशीला करिव करिव अन्त्य भएको छ,’ उनले भने, ‘शान्ति आए हर्षबढाइँ गर्न त पछि पनि पाइहाल्छौं नि ।’
आचार्यले नयाँ संविधानका धेरै विवादित विषयमा सहमति हुन नसकेको बताउँदै फेरि एकपटक समझदारी निर्माण गरेर मैत्रिपूर्ण वातावरणमा संविधान लेखिनुपर्नेमा जोड दिए ।
राज्यपुर्नसंरचनाका लागि विशेषज्ञ समिति गठन गर्ने निर्णयले संविधान निर्माण अघि बढ्ने आशा जागेको बताउँदे आचार्यले त्यसमा केही जटिलता भने रहेको बताए । ‘त्यसमा दलीय प्रतिनिधिका कारण केही जटिलता आउन सक्छन्,’ उनले भने, ‘तर यसलाई न्यूनिकरण गर्दै जानुपर्छ ।’
नयाँ संविधानमा देखिएको अर्को महत्त्वपूर्ण दुई विषय शासकीय स्वरुप र निर्वाचन प्रणालीमा पनि चाँडै सहमति हुने उनले विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया