Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
इटहरी– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सातबुँदे सहमति कार्यन्वयनमा शंका व्यक्त गर्नुभएको छ ।
सुनसरीको भोक्राहामा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले मंसिर ७ गते भित्र शान्ति प्रक्रिया टुङ्ग्याउने सहमति भइसकेको अबस्थामा माओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ सहितका नेताहरु लुम्बनी बिकासका लागि अमेरिका भ्रमणमा जानुले सहमति कार्यान्वयनमा शंका उब्जाएको बताउनुभयो ।
नेतृ कोइरालाले सात बुँदे सहमति हुँदा निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको पनि खुलासा गर्नुभयो । उहाँले चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने बताउनुभएको छ ।
तपाईको प्रतिक्रिया