Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
पाल्पा– नेपाल प्रेस यूनियन पाल्पाका उप–सभापति लक्ष्मण घिमिरेको शुक्रवार राति लडेर मृत्यु भएको छ ।
पाल्पा तानसेनबाट नायर नम्तलेश गाविस– १ स्थित घरतर्फ जाँदै गर्दा लडेर निधन भएको प्रेस युनियनले जनाएको छ । यद्यपि युनियले लडेर मृत्यु भएको खबर ‘रहस्यमय’ भन्दै उक्त घटनाको तत्काल छानविन गरी वास्तविकता सार्वजनिक गर्न सम्बन्धीत सबै निकायसँग माग गरेको युनियन महासचिव शिव लम्सालले जानकारी दिए ।
लामो समयदेखि पत्रकारिता र प्राध्यापन पेशामा क्रियाशिल घिमिरेको निधनप्रति नेपाल प्रेस यूनियनले दुःख व्यक्त गरेको छ । ‘पत्रकार घिमिरेको निधनले यूनियनलाई मात्र नभएर आम पत्रकारिता  र बौद्धिक क्षेत्रलाई ठूलो क्षति पुगेको छ ,’ विज्ञप्तीमा भनिएको छ, ‘उहाँको आत्माको चिरशान्तिको कामना ब्यक्त गर्दै  युनियन शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गर्दछ ।’
युनियनले स्व. घिमिरेप्रति श्रद्धान्जली ब्यक्त गर्न  देशभरका कार्यालयमा आइतबार अपरान्ह २ बजे देखि ४ बजे सम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया