Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025
(बोक्से) उदयपुर– उदयपुरका एक युवाले उल्टो मोटरसाइकल यात्राबाट देश भ्रमण गर्न सुरु गरेका छन् । खोटाङ विजयखर्क घर भई उदयपुरको गाईघाट बस्दैआएका १८ वर्षीय चित्रकुमार कार्की मेचीदेखि महाकालीसम्मको यात्रामा निस्केका हुन् ।
उनलाई शुक्रबार एक कार्यक्रमसहित उदयपुरको सदरमुकाम गाईघाटबाट प्रमुख जिल्ला अधिकारी वीरबहादुर राई, सञ्चारकर्मी, जिल्लास्थित कार्यलयप्रमुख र स्थानीय बासिन्दाले अबिर र फूलमाला लगाएर यात्राको शुभकामनासहित बिदाइ गरेका छन् ।
कार्कीले शनिबारदेखि पूर्वको झापाबाट आफ्नो यात्रा सुरु गर्ने, दस दिनमा सक्ने लक्ष्य रहेको बताएका छन् । आफ्नो यात्राका लागि घरको खसी र कुखुरा बिक्री गरेर यात्राको खर्च जुटाएका कार्कीको यात्राको लागि स्थानीय युवाहरूले सङ्कलन गरेको एघार हजार १०५ रुपैयाँ नगद सहयोग प्रदान गरेका छन् ।
मेची महाकालीसम्मको एक हजार ५० किलोमिटरको यात्रा पूरा गरेर आफ्नो नाम ‘गिनिज बुक अफ दि वर्ड रेकर्ड’ कायम गर्ने उनले बताए । उनले आफ्नो यात्राले नेपालीहरूको टुट्दै गएको भाइचारा र आत्मीयतालाई जोड्न सहयोग पुग्ने बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया