Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

संसारभर आफ्नो संगठन बिस्तार गर्दै कला र सँस्कृतिका लागि सक्रिय रुपमा कार्यरत अन्तरराष्ट्रिय कलाकार मञ्चले पोल्यान्डमा पनि नयाँ शाखा स्थापना गरेको छ । मञ्चका प्रबक्ता प्रकाश नेपालले जारि गरेको प्रेस विज्ञप्ति अनुसार अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिकाको विधान २०६५ को धारा ४ अनुसार यही २०११ नोभेम्बर १ गते २ वर्षको लागि पोल्यान्ड शाखा गठन गरिएको छ । जसका पदाधिकारहरुमा अध्यक्ष- मित्र लाल पार्दे, उपाध्यक्ष- लक्ष्मी सापकोटा, उपाध्यक्ष- नारायण चालिसे, उपाध्यक्ष- चन्द्र सापकोटा, महासचिव- श्री कृष्ण न्यौपाने, सचिब- टिका बस्नेत, कोषाध्यक्ष- कल्पना न्यौपाने, सदस्य- श्रीजना थापा, सदस्य- लक्ष्मी खरेल (भण्डारी) रहनुभएको छ ।

अन्तराष्ट्रिय कलाकार मञ्चको मातहतमा रहने गरी मन्चको बिधान अनुसार पोल्यान्डमा नेपाली कला, साहित्य, गीत संगीत एब कल्चरका बिभिन्न बिधामा कार्यरत कलाकारहरुको एक भेलाले अन्तराष्ट्रिय कलाकार मञ्च पोल्यान्ड शाखा गठन गरेको हो । यसैबिच अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले पोल्यान्ड शाखालाई हार्दिक बधाई र संलग्न सबैलाई नेपाली कला, गीत संगीत, संस्क्रिती, साहित्यलाई अन्तरराष्ट्रियकरण गर्ने मञ्चको महान पवित्र उदेश्य परिपुर्तिका लागि काम गर्न शुभकामना दिनुभएको छ। अध्यक्ष खनालले अगाडि भन्नु भएको छ “हामी छिट्टै अब संसारका बिभिन्न देशहरुमा पनि मञ्चका शाखा बिस्तार गर्दैछौं त्यसैले इच्छुक सबै कलाकार साहित्यकार गीत संगीतका क्षेत्रमा काम गर्न चाहने सबैलाई ईमेल [email protected] मा अथवा www.iafusa.blogspot.com मा सम्पर्क गर्न अनुरोध गर्दछौं” । मञ्च अमेरिका, नेपाल सहित संसारका १२ देशमा बिस्तार भैसकेको र आगामी एकबर्षभित्र यसलाई संसारका ३० देशमा पुर्याउने लक्ष राखिएको छ । राजनीतिबाट पूर्णतया अलग रही कला र सँस्कृतिको लागि मात्र कार्य गर्ने यस अन्तरराष्ट्रिय कलाकार मञ्चलाई विश्वभरि पुर्याउने सन्दर्भमा सहयोग गर्न, सम्पर्कमा आउन मञ्चका तर्फबाट श्री खनालले सबै कलाकारलाई आव्हान गर्नुभएको छ ।

अन्तराष्ट्रिय कलाकार मञ्चको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्य भएको पनि वहाँले जानकारी गराउनुभएको छ :

१- एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।

२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।

३- केन्द्रको अनुमती लिएर, कम्ती मा सात जना र बढीमा आवश्यकता अनुसार रहने गरी :

गीत, संगीत, नृत्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधामा सम्बद्ध कलाकार भएसम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।

४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :

* अध्यक्ष – एक

* उपाध्यक्ष – कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र

* महा सचिब – एक

* सचिब – एक राख्न सकिने ( अनिबार्य छैन )

* कोसाध्यक्ष – एक

* सदस्यहरु – आवश्यकतानुसार राख्न सकिने

* सल्लाहकार – आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )

संरक्षक – एक राख्न सकिने (अनिबार्य छैन )

यो अन्तराष्ट्रिय कलाकार मञ्च भएकाले यसमा नेपाली मात्र होइन बिदेशी कलाकार पनि समाबेश गर्न सकिने छ । याद राख्नुहोला गठन भएपछि कार्य समितिको कार्यकाल २ बर्षको हुनेछ र हरेक बर्ष शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्कृति सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ ।

अन्य जानकारी नेपाल मदर डट कम वा www.iafusa.blogspot.com मा हेर्न सकिने र केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न कुरा पनि जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया