Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- माओवादी अध्यक्ष एवं बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनीको विकासबारे छलफल गर्न शनिबार अमेरिका जाँदैछन् ।
उनी इत्तिहादको जहाजबाट अपरान्ह चार बजे प्रस्थान गर्ने नयाँ बजार स्रोतले जनाएको छ । सरकारले गठन गरेको बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिको तर्फबाट उनी न्यूयोर्क जान लागेका हुन् ।
दाहालले नोभेम्बर ८ तारेखामा संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनलाई भेट्ने कार्यक्रम यसअघि नै तय भइसकेको थियो । दाहालसँगै कांग्रेस नेता मिनेन्द्र रिजाल, समितिका सदस्य मनोज श्रेष्ठका साथै दाहालका भतिज एवं स्वकीय सचिव समीर र छोरा प्रकाश जाने भएका छन् ।
तपाईको प्रतिक्रिया