बुधबार, आषाढ ०५, २०८१
Wednesday, June 19, 2024
काठमाडौं- चीनमा मेडिकल साइन्स अध्ययन गरिरहेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका-६ धवौलीका अमितकुमार मिश्रको रहस्यमय मृत्यु भएको छ । अमितको मृत्युको खवरले धवौली गाउँ शोकमग्न छ ।
अमितको शव बुधबार बिहान बिश्वबिद्यालय परिसरमा रुखमा झुण्डिएको अबस्थामा फेला परेको थियो । तर उनको परिवारले भने छोराले आत्महत्या गर्नै नसक्ने भन्दै अरु कसैले मारेको दावी गरेका छन् । अमितका पिता जिवछ मिश्रले भने- ‘मेरो छोरालाई कसले, किन मार्‍यो पत्ता लगाउनुपर्छ ।’
छठको अघिल्लो दिनमा पितासँग फोनमा कुरा थिए अमितले । माघमा बहिनीको बिहेमा आउँछु पनि भनेका थिए । एकमात्र छोराको रहस्यम मृत्युले मिश्र परिवारले तीन दिनदेखि शोकाकुल छ ।
तपाईको प्रतिक्रिया