Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – राजधानी काठमाडौंको ठमेल क्षेत्र पर्यटकिय दृष्टिले जतिसुकै महत्वपूर्ण मानिए पनि मसाजको नाममा यौनधन्दा गर्ने थलोकोरुपमा पनि चित्रित हुँदै आएको छ ।

बिभिन्न सरकारहरु फेरिएलगत्तै ठमेलका मसाजकेन्द्रहरु यौनधन्दाको आशंकामा निगरानीको घेरामा पर्ने गरेका हुन्छन् ।

जसअनुसार हालै मात्र भईरहेको नियमित अनुगमनका क्रममा ठमेलका ६० प्रतिशत मसाज केन्द्रमा यौन व्यवसाय सञ्चालन भईरहेको पाईएको ठमेल पर्यटन विकास परिषदका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए ।

श्रेष्ठकाअनुसार ठमेलका मसाजमध्ये ७५ वटा वैधानिक रुपले र १० वटा बिनादर्ता सञ्चालन गरिएको भेटिएको छ । पहिलो चरणको अनुगमनपछि तोकिएको आचारसंहिताको पालना गर्न एक महिनाको समय दिइएको र दोस्रोपटकको अनुगमनमा आचारसंहिताको पालना नगरेको पाईए मसाजमा स्थानीयवासी र प्रहरीको उपस्थितिमा ताला लगाइने भएको छ । पाँच महिनाअघि परिषदले जारी गरेको आचारसंहितामा स्पष्ट पोसाक, ब्रान्डेड तेलको प्रयोग, पारदर्शी कोठा, आधिकारिक प्रमाणपत्र भएका दक्ष एवं उमेर पुगेका कामदार, परिषद, महानगरपालिका र मसाज व्यवसायी संघको सदस्यता अनिवार्यरुपमा लिनुपर्ने मापदण्ड तोकिएको छ ।

अनुगमनमा खटिएका सुरक्षा टोलीकाअनुसार यौन व्यवसाय हुने प्रायजसो मसाज केन्द्रहरु बहालवाला र पूर्वप्रहरी र सेनाकै परिवारजनले चलाएको हुनाले कारबाहीमा जान गाह्रो हुँदै आएको बताईन्छ । साथै विभिन्न दलसँग निकटका नातेदार र उनीहरुका केटी साथीहरुले पनि यस्तो व्यवसाय चलाउने हुनाले कारबाहीमा जानुभन्दा अगाडि ‘पटकपटक सोच्नुपर्ने’ प्रहरीहरु बताउँछन् । सुरक्षाकर्मी, गुण्डा र राजनैतिक दलहरुको आडमा ब्यवसायीहरुले रकम कमाउने छोटो बाटो अपनाउँदै मसाजलाई यौनधन्दा गर्ने थलोकारुपमा उपयोग गर्ने गरेको पाईन्छ भने कतिले गरिबी र अशिक्षाको कारणले पनि यो पेशा अंगालेको बताईन्छ । ****

तपाईको प्रतिक्रिया