Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024
काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले भ्याट छली गर्ने व्यापारीहरुलाई कुनै पनि हालतमा नछाडिने बताउनुभएको छ । शुक्रबार रिपोर्टर्स क्लबद्वारा राजधानीमा आयोजित साक्षात्कारमा अर्थमन्त्री पुनले भ्याट छली गर्नु भनेको खोटा नोटको कारोबार गर्नुजस्तै भएकाले सरकारले उनीहरुलाई कारवाही गरेरै छाड्ने दृढता दिनुभयो ।  उहाँले नक्कली प्रज्ञापनपत्र खडा गरेर भारतीय रुपैयाँको तस्करी गर्नेहरु माथि पनि कानुनअनुसार कारवाही गरिने बताउनुभयो ।
इमान्दारीपूर्वक व्यापार व्यवसाय गर्नेहरुलाई सरकार सहयोग गर्न तयार रहेको बताउनुहुँदै अर्थमन्त्री पुनले व्यवसायको नाममा राजस्व छल्नेलाई आर्थिक अपराधीको रुपमा लिंदै उसको व्यापार व्यवसायसम्म जफत गर्न सरकार पछि पर्दैन भन्नुभयो ।
उहाँले राजस्व छली गर्ने व्यापारी मात्र नभई छली कार्यमा सहयोग गर्ने सरकारी कर्मचारीहरु पनि अनुसन्धानको क्रममा  रहेकाले दोषी देखिए उनीहरुलाई पनि कारवाही गरिने बताउनुभयो । भ्याट बिलको दुरुपयोग गर्नेहरुको फेहरिस्त तयार भइरहेको बताउनुहुँदै मन्त्री पुनले पहिले सार्वजनिक भएका भन्दा बढीको लिष्ट पनि आवश्यकताअनुसार सार्वजनिक गरिने बताउनुभयो ।
कर छली गर्नेहरुको नाम सार्वजनिक भएपछि केही व्यापारीहरु आफूले गरेको गल्तीको प्रायश्चित्त गर्न आएको र बिगो बराबरको रकम तिर्ने अवस्थामा रहेको पनि उहाँले सो अवसरमा बताउनुभयो । मङ्गलबार राजनीतिक दलहरुबीचमा भएको सात बुँदे सहमतिले शेयर बजारमा पनि उत्साह थपिएको बताउँदै उहाँले राजनीतिक स्थायित्व भए देशले आर्थिक क्रान्ति गर्न सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
पार्टीभित्र पछिल्ला दिनमा देखिएको विवादले शान्ति प्रक्रिया र संविधान निमार्णमा कुनै समस्या नपर्ने बताउँदै एमाओवादी स्थायी समिति सदस्यसमेत रहनु भएका मन्त्री पुनले केन्द्रीय समितिको बैठकले सबै विवाद हल गर्ने स्पष्ट पार्नुभयो ।
दलहरुको बीचमा भएको सहमति कसैले हार्ने र कसैले जित्ने नभइकन सबैको जीत भएको बताउनुभयो । ***
तपाईको प्रतिक्रिया