Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- तिब्बती शरणार्थीको विषयलाई लिएर शक्तिराष्ट्र अमेरिकाले नेपाललाई आर्थिक नाकाबन्दीको चेतावनी दिएको छ ।
अमेरिकाले तिब्बती शरणार्थीलाई नेपालको बाटो हुँदै तेश्रो मुलुक जान नदिएमा नेपाललाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको हो । चीनबाट भागेर नेपाल आएका तिब्बती शरणार्थीलाई अमेरिका लगायतका तेश्रो मुलुक जान ‘एक्जिट भिषा’ उपलब्ध नगराएमा नेपाललाई गर्दै आएको लाखौँ डलरको सहयोग रोक्का गर्ने चेतावनी अमेरिकाले दिएको हो ।
अमेरिकी कंग्रेसको वैदेशिक सहायता सम्बन्धि समितिमा भएको तिब्बत मामिला सम्बन्धि छलफलका क्रममा तिब्बती शरणार्थी माथि नेपालले गर्दै आएको व्यवहार नसुधारेमा सहयोग कटौती मात्र नभएर पूरै रोक्का गर्ने कुरा उठेको हो । समितिमा नेपालले तिब्बती शरणार्थी माथि गर्ने व्यवहारमा सुधार्नुपर्नेमा जोड दिइएको छ ।
समितिमा बोल्दै रिपब्लिकन पार्टीका सांसद फ्रान्क ओल्फले तिब्बती शरणार्थीको विषयमा आफुहरुको आग्रहलाई नेपालले नमानेमा आफुहरुले आर्थिक सहयोग नगर्ने बताउनु भयो । यस विषयमा नेपालको व्यवहारमा सुधार नआएमा आफुले अर्को वर्ष संसदमा नेपाललाई दिने सहयोग कटौतीको प्रस्ताव लैजाने उहाँको भनाई छ ।
तपाईको प्रतिक्रिया