Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024
काठमाडौं- शान्ति प्रक्रिया टुंग्याउन प्रमुख दलबीच भएको सहमतिको गैर आवासीय नेपाली संघ (एनआरएन)ले स्वागत गरेको छ ।
एनआरएन अध्यक्ष जीवा लामिछानेले विज्ञप्ती जारी गर्दै लामो समयसम्म थाती रहेको शान्ति प्रक्रिया र संविधान निर्माणका विषयहरुमा प्रमुख राजनैतिक दलहरुबीच भएको सहमतिले गैरआवासीय नेपालीहरुमा आशा र उत्साह जगाएको उल्लेख गर्नुभएको छ ।
‘यस सहमतिलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन सकेमा मात्र राष्ट्रलाई आर्थिक विकासको चरणमा प्रवेश गर्न बाटो खुल्नेछ,’ उनले भने, ‘तसर्थ यस ऐतिहासिक जिम्मेवारीलाई तार्किक निष्कर्षमा पुर्याउन गैरआवासीय नेपाली संघ सम्पूर्ण राजनैतिक दलहरु, नागरिक समाज, बुद्दिजिवी तथा समाजका सबै पक्षहरुलाई पूर्ण सहयोग गर्न हार्दिक आग्रह गर्दछौं ।’
तपाईको प्रतिक्रिया