Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानको लागि राजनीतिक दलहरुबीच फेरि एकचोटि १२ बुँदे सहमति गर्दाको समयको एकता र भावनाको आवश्यकता रहेको बताएका छन्।
व्यवस्थापिका संसद्को आजको बैठकमा बोल्दै अध्यक्ष दाहालले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन १२ बुँदे गर्दाको एकता, सहमति र सहयोगको भावना राजनीतिक दलहरुमा अझै आवश्यक रहेको बताए। उनले प्रमुख चार राजनीतिक दलबीच भएको सातबुँदे सहमति ऐतिहासिक छ भने।
बाह्र बुँदे सहमतिपछि र त्यसपछिका सहमतिपछि साढे तीन वर्षसम्म दलहरुले बाटो बिराएको तथा सरकार बनाउने र गिराउने खेलमा मात्रै लाग्नुपरेकोमा उनले दुःख व्यक्त गरे।
‘सम्झौता गर्दा केही आफ्ना मागहरु छोड्नुपर्छ, राजनीतिक दलहरुले आफ्ना स्वार्थहरु छोडेर सहमति गर्न यसपटक फेरि सफल भएका छन्,’ अध्यक्ष दाहालले भने।
सङ्क्रमणकाल जति लम्बियो त्यति राजनीतिक दल, देश र जनतालाई असर पर्ने बताउँदै सातबुँदे सहमति गर्न राजनीतिक दलहरुले त्याग गरेको र शान्ति प्रक्रिया पूरा गर्न अझै त्यागको भावना आवश्यक छ भने।
ठूलो पार्टी भएको नाताले माओवादीले त्यागको भावना देखाएको र अरु दलले पनि त्याग देखाएको भन्दै अध्यक्ष दाहालले संविधानसभालाई सफल पार्न, संविधान बनाउन, लोकतन्त्रलाई संस्थागत गर्न र शान्ति प्रक्रियालाई सफल पार्न सहमतिलाई अवसरका रुपमा उपयोग गरेर कार्यान्वयनमा जोड दिनुपर्ने बताए।
माओवादी पार्टी फुटिहाल्छ र माओवादीभित्र भएको अन्तरविरोधलाई कसैले नाटक सोचेको छ भने त्यो पनि गलत हो भन्दै अध्यक्ष दाहालले इतिहासको यो सङ्क्रमणकालीन कालखण्डमा एकअर्कालाई सबैको सहयोगको खाँचो छ भने।
सङ्क्रमणकालको अन्त्य भएपछि सबै राजनीतिक दल आ-आफ्नै ढङ्गले अघि बढ्न सक्ने भएकाले केही समयसम्म सबै राजनीतिक दल एकजुट भएर समृद्ध नयाँ नेपाल निर्माणका लागि योगदान पुर्‍याउन उनले आग्रह पनि गरे।
तपाईको प्रतिक्रिया