Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र २८, २०८१
Friday, September 13, 2024
काठमाडौं- मन्त्रिपरिषद्को बिहीबारको बैठकले यही कात्तिक २४ र २५ गते माल्दिभ्समा हुने १७ औँ सार्क शिखर सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा ११ सदस्यीय टोलीले प्रतिनिधित्व गर्ने निर्णय गरेको छ। बैठकले रेडियो प्रसार सेवा समितिको कार्यकारी निर्देशकमा दुई वर्षका लागि तपानाथ शुक्ललाई पुनः नियुक्त गरेको छ।
बैठकले राष्ट्रिय महिला आयोगको अध्यक्षमा चाँद ताराकुमारीलाई नियुक्त गरेको छ भने गरिबी निवारण कोषको सदस्यहरुमा दुर्गा न्यौपाने, वशन्त टेलर, कमला राई, कुलबहादुर रोकाया र अखिलेस दासलाई नियुक्त गरेको छ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले भिष्म प्रसाईं र नवराज ढकाललाई अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको छ भने दुर्जकुमार राई, ऋषभदेव भट्टराई र जीवनकुमार थापालाई सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ।
त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागको मुख्य अतिरिक्त निर्देशकमा जीवन थापालाई बढुवा गरिएको छ।
तपाईको प्रतिक्रिया