Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- दैलेखका एक बाबुले आफ्नै छोराको हातका औंला काटिदिएका छन् । दैलेखको नारायण नगरपालिका-२ जारकोटका लोकबहादुर थापाले बिस्कुट चोरेको भन्दै छोरा केशवको बायाँ हातका औंला काटिदिएका हुन् ।
आफ्नै बाबुले हातका औंला काटिदिएपछि आठ वर्षीय केशवको अहिले सुर्खेतस्थित देउती नर्सिङ होममा उपचार भइरहेको छ । छिमेकीको घरबाट बिस्कुट चोरेको आरोपमा लोकबहादुरले मंगलबार दिउँसो छोराको औंला काटिदिएका थिए । केशवको बायाँ हातको चोर औंला पूरै छैन भने माझी औंलासमेत आधा काटिएको छ । स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ ।
गाउँमै रहेको खोलटाकुरा प्राविमा कक्षा ३ मा अध्ययनरत केशव र उनका साथी प्रमोदले मिलेर बिस्कुट खाएका थिए । आफूले दुई टुक्रामात्र बिस्कुट खाएको भन्दै घाइते भएका केशवले भने, ‘मैले औंला नै गुमाउने गरेर के अपराध गरेको थिएँ र – केशवले भने, ‘मलाई बुबाले एकाएक समातेर कुट्नुभयो, अनि हात अचानोमा राखेर मासु काट्ने हतियारले औंला काटिदिनुभयो ।’ त्यसपछि आफूले केही पनि जानकारी नपाएको उनको भनाइ छ । आफूले बिस्कुट चोरेको नभई साथीले दिएपछि मात्र खाएको उनले बताए ।
तपाईको प्रतिक्रिया