Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- तेह्रथुम जिल्लाको चुहानडाँडा-९ का जयप्रसाद पराजुलीले पालेको एउटा गोरुको फिलाको करिब ४ किलो मासु हराएको छ ।
गत १२ गते राति एउटा गोरुको पछाडिपट्टि बायाँ फिलाको मासु काटेर लगिएको पीडितले जनाए । घरनजिकै गोठमा बाँधिराखेको हल गोरु फुकाएर ५ सय मिटर टाढा खाल्डे खोलामा लगी टाउको र खुट्टामा गम्भीर चोट पुर्‍याएर मासु लगिएको पीडित परिवारले जनाएको हो । आफु भाइटीका लगाउन झापा गएको बेला एउटा गोरुको मासु लगिएको र अर्को गोरुलाई पनि खुट्टा र थुतुनामा चोट पुर्‍याइएको घरमुली जयप्रसादले जनाए ।
मङ्गलबार भएको स्थानीयको भेलामा अपराधी पत्ता लगाएर कारवाही गर्ने सहमति भएको पीडितले जनाए । मासु निकालिएको गोरु गम्भीर अवस्थामा छ ।
तपाईको प्रतिक्रिया