Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएन आईसीसी) ले बिदेश जाने र बिदेशबाट आउने नेपालीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका कर्मचारीहरुद्वारा गरिने ब्यवहार र कार्यशैलीप्रति नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

एनआरएन केन्द्रले एक बिज्ञप्ती प्रकाशित गर्दै बिदेश जान लागेका युवा युवतीहरुप्रति विमानस्थलका कर्मचारीहरुद्वारा अनावश्यक झमेला तथा अवरोध खडा गरी दुख दिने जस्ता कार्य अविलम्ब बन्द हुनुपर्ने भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

उक्त कुरा एनआरएन आईसीसीका तर्फबाट प्रवक्ता डा. हेमराज शर्माद्वारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – विदेश जाने नेपालीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न बहानामा अवरोध खडा गर्ने कार्यप्रती नेपाल सरकारका सम्वन्धित निकायहरुमा पुन: ध्यानाकर्षण गराउँदछौ। विदेश यात्राको लागि आवश्यक पर्ने नेपाल सरकारबाट जारी गरिएका सरकारी कागजपत्रप्रति नै अध्यागमन विभागले अनावश्यकरुपमा प्रश्न उठाउने, परिवारका सदस्यहरुको निमन्त्रणामा विदेशमा जाने महिला यात्रुहरुलाई आशंका गर्ने, यात्रुहरुको पृष्टभूमि हेरेर व्यवहार गर्ने आदि कारणले यात्रूहरुले दुख: पाउने गरेको जानाकारी प्राप्त भएका छन्।

यसैगरी, खाडी राष्ट्रहरु तथा मलेसियामा वैदेशिक रोजगारीमा जानेहरुले पुन:श्रमस्वीकृती लिनुपर्ने व्यवस्थाको जानकारी नहुँदा वा पुन:श्रमस्वीकृती लिन लामो समय कुर्नुपर्ने भएकोले वैदेशिक रोजगारमा जानेहरुले विमानस्थलबाट फर्किनुपर्ने वा समयमा काममा पुग्न नसकेको स्थिति छ।

पांचौं गैरआवासीय नेपाली विश्व सम्मेलनपछि गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिले सम्माननिय प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा सम्वन्धित पक्षसँग भेटी तत्काललाई विमानस्थलबाट नै पुन:श्रमस्वीकृती दिने व्यवस्था गर्ने र दिर्घकालिनरुपमा श्रमस्वीकृतीको दुई वर्षको अवधिलाई बढाएर पाँच वर्ष बनाउन आग्रह गरेको थियो। यस्तो व्यवस्था तत्काल कार्यान्वयन गर्न हामी नेपाल सरकारलाई पुन: आग्रह गर्दछौं। हालै विदेश जान लागेकी महिलामाथी भ्रष्टाचार गर्ने कर्मचारीहरुलाई कारवाही गर्ने प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देखाएको कदमलाई सकरात्मकरुपमा लिंदै भविष्यमा अझ बढी सकृयताका साथ अगाडि बढ्न आग्रह गर्दछौं।

मुलुकको कुल ग्राहस्थ उत्पादनमा एक चौथाइभन्दा बढी स्थान ओगटेको वैदेशिक रोजगारीको क्षेत्रलाई अझ बढी मर्यादित, सहज, व्यवस्थित र सर्वसुलभ बनाउन गैरआवासीय नेपाली संघ नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ र भविष्यमा पनि यसको निरन्तरता दिन कटिवद्द रहेको जानाकारी गराउदछौं- बिज्ञप्तीमा उल्लेख छ। ****

तपाईको प्रतिक्रिया