![aiko](https://samudrapari.com/wp-content/uploads/2011/11/aiko-300x200.jpg)
उहाँ जापानी युवराज नारुहितो र युवराज्ञी मासाकोको एकमात्र सन्तान हुनुहुन्छ । सो दरबार सचिवालयले उहाँलाई अस्पताल भर्ना गरेको समाचार मङ्गलबार सार्वजनिक गरेको थियो । जापानी राजदरबार सचिवालयका प्रवक्ताले प्रकाशित गरेको विज्ञप्तिमा उहाँको शरीरमा अहिलेपनि तापक्रम बढेको र चिकित्सकहरुले उहाँलाई निमोनियाको संक्रमण भएको पत्ता लागेको बताएका छन् ।
उहाँलाई अरु केहीदिन सो अस्पतालमा राख्नुपर्ने बताउँदै प्रवक्ताले उहाँको अवस्था भने सामान्य नै रहेको बताएका छन् । तर अस्पतालमा उहाँ कति समयसम्म रहनुपर्ने भन्ने विषयमा भने चिकित्सकहरुले केही नभनेको उनले बताए ।
जापानी युवराजधिराज नारुहितो र युवराज्ञी मासाकोको बीच भएको शुभविवाहको करिब ११ वर्षपछि मात्र सन् २००१ मा राजकुमारी आइको जन्मिनुभएको थियो ।
जापानमा पुरुषलाई मात्र राजा हुने अधिकार रहेको कानुन रहेकोमा उहाँमात्र एक सन्तान युवराज र युवराज्ञीलाई प्राप्त भएपछि सो कानुनमा पनि संसोधनका बारेमा निकै नै चर्चा चलेको थियो । पछि जापानी युवराजधिराजका भाई किकोबाट सन् २००६ को सेप्टेम्बर महिनामा एकजना छोरा जन्मिएपछि सो विवाद समाधान भएको थियो ।
जापानी राजपरिवारको इतिहासमा वितेको ४० वर्षपछिमात्र पहिलो पुरुषले सो दरबारमा जन्म लिएका थिए । सो जन्मपछिमात्र जापानमा पुरुषले नै राजगद्दीमा बस्न पाउने अधिकार सुरक्षित गरेको छ ।