Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाण्डौं – स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीकी श्रीमति सिमा भनिने योगमाया रायमाझीले आफूले बुटवल लक्ष्मीनगर बस्ने रामबहादुर कार्कीसँग दोश्रो विवाह गरेको र कार्कीले खान लाउन नदिएको भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा हाल्नु भएको छ । बि.सं. २०४५ सालमा रायमाझीसँग प्रेम विवाह गरेकी योगमायाले कार्कीसँग बि.सं. २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको र आफूले ३/४ महिनाअघि मात्र कार्कीसँग विवाह गरेको बताउनु भएको छ ।
तर योगमायाले अहिले स्थानीय विकास मन्त्री रहेका टोपबहादुरसँग सम्बन्ध विच्छेद गर्नुभएको छैन । टोपबहादुर काठमाण्डौंमा बस्दै आए पनि एकीकृत नेकपा माओवादीको अवध राज्य समितिकी सदस्य समेत रहेकी योगमाया भने बुटवलमा एक्लै बस्दै आउनु भएको छ ।
कार्कीसँग अंश माग्दै अदालतमा मुद्दा दायर गरेपछि अवध राज्य समितिले पार्टीको साधारण सदस्य समेत नरहने गरी योगमायालाई पार्टीबाट निष्कासन गरेको छ । योगमायाले कार्कीसँग बि.सं. २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको जानकारी पार्टीलाई गराएको माओवादी श्रोतले जनाएको छ ।
योगमायाले पति दावी गर्दै उजुरी हालेका कार्की सामान्य नागरिक हुनुहन्छ । कार्कीले आफू टोपबहादुरको पिए भएको दावी गर्दै केही समय अघि काठमाण्डौंमा कोठा लिएर पनि योगमायालाई राख्नु भएको थियो ।
माओवादी अवध राज्य समिति श्रोतका अनुसार पार्टी र टोपबहादुर रायमाझीको नामको दुरुपयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै पार्टीले योगमायालाई यसअघि पनि सचेत गराएको थियो । ***
तपाईको प्रतिक्रिया