Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं-  नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभाको म्याद थप  र राष्ट्रिय सहमतिको सरकार निर्माणको विषय मंगलबार चार दलवीच भएको ७ बुँदे सम्झौताको कार्यान्वयनमा निर्भर रहेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा महामन्त्री सिटौलाले ७ बुँदे सहमति अनुसार मंसिर ७ गतेसम्म शान्ति प्रक्रियाको काम अगाडि बढे संविधान लेखनकोलागी संविधानसभाको म्याद थपिने बताए ।
साक्षात्कारमा उनले भने-अहिलेको केन्द्रीय विषय शान्ति हो सरकार होईन । संविधानसभाको म्याद थप पनि सहमति कार्यान्वयनमा भर पर्छ । कार्यान्वयन भए संविधान निर्माणकोलागी म्याद थपिन्छ ।
उनले सहमतिको सरकार गठन र संविधानसभाको म्याद थपको विषयमा कुनै सहमति नभएको भन्दै शान्ति प्रक्रिया अगाडि बढेपछि सहमतिको सरकार निर्माण र संविधानसभाको म्याद थपको विषयमा छलफल हुने बताए ।
सात बुँदे सहमति पुरानै सहमति कार्यान्वयनको ठोस प्रतिबद्धता मात्रै भएको भन्दै यसमा कुनै नयाँ कुरा नभएको उनले तर्क गरे ।
उनले भने- विस्तृत शान्ति सम्झौता, सेना र हतियारको ब्यवस्थापन अनुगमन सम्बन्धीसम्झौता, त्यसपछि भएको सहमतिहरु कार्यान्वयन गर्ने प्रतिज्ञामात्रै हो ७ बुँदे सम्झौता । ती सम्झौतामा विमति नहुने अनि ७ बुँदेमा विमती हुने भन्ने कुरै हुँदैन । दलहरुले पुरानै सहमतिको ब्याख्या मात्रै गरेका हुन ।
तीन दलका नेताहरु दलगत अडानबाट माथि उठेकोले हिजोको सहमति सम्भव भएको भन्दै माओवादी अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले हिम्मत गरेको बताए । उनले थपे-तीन पार्टीका नेताहरुले आट गरेका हुन । अझै प्रचण्डजीले त बरिष्ठ उपाध्यक्ष सहितका पदाधिकारीको विरोधका बाबजुद सहमतिमा पुग्ने आट देखाउनुभएको हो । काग्रेस सभापतिले पनि गिरिजाबाबुले बिस्तृत शान्ति सम्झौता गर्दा देखाएको आट देखाउनुभएको छ ।  उहाँले पार्टीमा सबैको विश्वास लिएर आट गर्नुभएको हो ।
तपाईको प्रतिक्रिया