आइतबार, बैशाख ०९, २०८१
Sunday, April 21, 2024
काठमाडौं- छठ पर्वको अन्तिम दिन वुधवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइएको छ ।
उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएपछि आफन्त र इष्टमित्रलाई छठीमाईको पूजाको प्रसाद खुवाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिनदेखि सुरु भएको छठको व्रत पनि शुक्ल सप्तमीको दिन सकिएको छ ।
उदाउँदो सूर्यलाई अर्घ चढाउन वुधवार बिहान देशका विभिन्न नदी तथा जलाशयमा व्रतालुको ठूलो भिड लागेको थियो । तराईका बिभिन्न जलायश जस्तै काठमाण्डुका रानीपोखरी थापाथलीको बागमतीको किनार गौरीघाट विष्णुमती कमलपोखरी लगायतका ठाउँमा पनि व्रतालुहरुको घुईंचो लागेको थियो ।
बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य चढाएका धेरै व्रतालुहरु रातभर जलाशयको आसपासमै जाग्राम बसेर विहान उदाउँदो सूर्यलाई अघ्र्य चढाउने गर्छन् ।
पारिवारिक सुख शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भन्ने उद्देश्यले छठमा सूर्यको पुजा गर्ने चलन रहिआएको छ  ।

तपाईको प्रतिक्रिया