Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
दमक– दमक–१० कि अञ्जु माझीलाई साडी चोलो लगाउने धेरै रहर छ । अरुबेला अन्यको सहयोगमा साडी लगाउँदै आएकी माझी दमकस्थित दमक बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत छिन् ।
गत आइतबार दमकमा युवतीहरुलाई साडी लगाउन सिकाउने कला सम्बन्धीको सेमिनारमा मुजा आँचल बनाउने, बस्टोर भी र बोर्डर लगाउने लगायतका तरिका सिक्न उनले भ्याइन् । उनले भनिन्– ‘स्टेजमा साडी लगाउने तालिममा अभ्यस्त हुँदा अलिक डर धेरै उत्साह पनि भयो ।’
उनीले स्थानीय पुनम ब्यूटी पार्लरले आयोजना गरेको सेमिनारमा पहिलो चोटी भाग लिइएको बताइन् । उनी जस्तै महारानीझोडा–४ की शोभा श्रेष्ठले पनि सेमिनारमा सहभागी हुनु अघि साडी लगाउने विधि तरिका थाहा नभएको बताइन् ।
भर्खरै चाँदनी ब्युटी पार्लर दमकमा तालिम लिइरहेको उनीलाई पनि आजकल ओझेलमा पर्दै गरेको साडी लगाउने चलनलाई नयाँ विधि तरिकाबाट कायम राख्न इच्छा छ । उनले भनिन्– साडी लगाउन जान्नु पनि कला नै हो । अहिलेका पुस्ताले साडी लगाउन समेत जान्दैनन् ।
उनले आफू सौन्दर्यकला जानेर यही व्यवसायमा लाग्ने सोचाइ भएको बताइन् । अहिले कतिपय युवतीले आफै ब्युटी पार्लर सञ्चालन गरेर स्वरोजगार सृजना समेत गेका छन्।   ३/४ वर्ष अघिदेखि साडी लगाउँदै आएकी चुलाचुली–५ बुकुवा इलामकी तारा सुब्बा (२०) अन्य रेडिमेड पोशाकभन्दा साडीको छुट्टै पहिचान र सौन्दर्यता रहेको बताउँछिन् । सेमिनारले सिकाएको १२ वटा साडी लगाउने विधि तरिकाले त युवतीहरुलाई साडी लगाउन आकर्षण गर्नुको साथै अझै सन्दरता प्रदान गर्ने उनको बुझाई छ ।
दमक–१ फागुनन्द चोककी अन्जु कार्की पनि तालिममा सहभागी हुन आएकी थिइन् । यिनी न्यू पाथिभरा ब्यूटी पार्लरकी सञ्चालक युवती र गृहणीहरुको माग अनुरुप सिकेर सिकाउन तालिममा सहभागी भएको बताइन् ।
तपाईको प्रतिक्रिया