Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– दलहरुबीच मंगलबार राति भएको सहमतिको साना दलले आपत्ति जनाएका छन् । साना दलसँग छलफल नगरी सहमति गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
नेकपा मालेका महासचिव सीपी मैनालीले आफूहरुसँग छलफल नगरी सहमति गरेको भन्दै आपत्ति जनाए । ‘सहमतिलाई पढ्दा सकारात्मक छ, शान्ति प्रक्रियाका आधारभूत विषयमा सहमति भएको छ तर यसो गर्दा अरु दललाई विश्वासमा लिने प्रयास गरेका छैनन् यति महत्त्वपूर्ण विषयमा सल्लाह विचार र सहमति लिएको हुन्थ्यो,’ उनले भने ।
ठूला दलले फेरि एकपटक हेपाहा प्रवृत्ति र दादागिरी प्रवृत्ति देखाएको उनले आरोप लगाए । यद्यपि सहमतिको भने उनले पनि स्वागत गरे ।
तपाईको प्रतिक्रिया