Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- प्रमुख तीन दल र मधेसी मोर्चाबीच मंगलबार राति भएको शान्ति प्रक्रिया टुङ्ग्याउने सात बुँदे सहमतिमा असहमति जनाएको माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दैछ ।

बुधबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने वैद्यपक्षीय नेता नेत्रविक्रम चन्दले जानकारी दिए । हस्ताक्षर हुँदा प्रधानमन्त्री निवास बालुवाटार मै रहेका वैद्यले सहमति लगत्तै वैद्यले सहमतिले जनता र मुलुकको हित नगर्ने र यो पार्टीको निर्णय विपरीत भएको बताएका थिए। ।
यसैबीच दलहरुबीच मंगलबार राति भएको शान्ति प्रक्रियाका विषयमा भएको सातबुँदे सहमतिविरुद्ध एकीकृत नेकपा माओवादीको वैद्यपक्षले पार्टीभित्रै आन्तरिक संघर्ष चलाउने भएको छ ।
बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डा तय गर्न बुधबार आन्तरिक छलफल भइरहेको छ । मंगलबार राति दलहरुबीच सहमति बनेपछि बैठकबाटै बाहिरिएका वैद्यले सहमति माओवादीको पार्टी निर्णय विपरीत भएको प्रतिक्रिया दिए ।
‘यो सहमति हाम्रो पार्टीको निर्णय विपरीत छ, भोली हामी विस्तृत रुपमा आफ्ना कुरा राख्ने छौं,’ उनले भने । बुधबार पत्रकार सम्मेलन गर्नेरनगर्नेबारे खुलाइएको छैन ।
सहमतिमा हस्ताक्षर गर्नु अघि वैद्यपक्षलाई सहमतिमा ल्याउनका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई प्रयास गरेका थिए । उनी सहमत नभएपछि दाहालले सहमति पत्रमा हस्तक्षार गरेका हुन् ।
सहमति पत्रमा माओवादीका दाहाल, काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदारले हस्ताक्षर गरेका छन् ।
माओवादीमा वैद्य पक्षले भट्टराई प्रधानमन्त्री भएपछि लडाकुको हतियार राखेको चावीहरु बुझाएपछि नै अहसमति व्यक्त गर्दै आएको थियो । उनीहरुले लडाकुको सम्मानजनक सहमतिको माग गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया