Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

टोकियो – नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त रेमिट्यान्स कारोवार गर्ने नेपालको पहिलो संस्था इन्टरनेशनल मनि एक्सप्रेस (आईएमई) प्रा.लि. ले १५०० येनमा जापानबाट नेपाल पैसा पठाउन सकिने योजना ल्याएको छ ।

जापानस्थित Kyodai remittance मार्फत आईएमईमा पैसा पठाउँदा लाग्ने सेवा शुल्कमा ५ सय जापानी येन छुट दिने व्यवस्था गरेको हो । जापानमा आफ्नो सेवा विस्तारको १ वर्ष सफलता एवम् उत्साहजनक रुपमा पार गरेको आईएमईले भाषा सहजताको लागि हाल नयाँ रेमिट्यान्स कार्ड बजारमा ल्याए लगत्तै यो योजना लागु गरेको हो । जापानमा सेवा सुरुवातको समयदेखि नै आफ्ना ग्राहकको सुबिधाका लागि तत्पर आईएमइले ग्राहकको सुझावलाई मध्यनजर गरी ल्याएको यो कार्डबाट अंग्रेजी भाषामा रकम खातामा जम्मा गर्न सकिनेछ ।

आफ्ना बिभिन्न कार्यक्रम मार्फत सेवा पुर्‍याउँदै आएको आईएमईले जापानबाट नेपालमा पैसा पठाउने ग्राहकका लागि सेवा शुल्कमा बिशेष छुटको योजना अघि सारेको हो । यस कार्डको प्रयोग गर्दा हुने विशेष फाइदा नै सम्पुर्ण प्रकृया अंग्रेजीमा हुनु हो । रकम तथा रकम पाउने व्यक्ति निश्चित गर्न क्योदाई/आइएमइ कार्यालयमा सम्पर्क गरिरहनु नपर्ने, जापान पोष्ट बैंकको २६ हजार ATM काउन्टरमध्ये कुनैपनि ATM काउन्टर मार्फत पठाउन सकिने यस कार्डको थप विशेषताहरु हुन् ।

आईएमईको २०११ नोभेम्वर १ देखि २०११ डिसेम्वर ३१ सम्म लागु हुने यस योजनामा ग्राहकलाई थप बोनस सुबिधा अन्तर्गत “आईएमई गरौ कार जितौ” को लक्की ड्र मा सहभागी भै कार जित्ने मौका समेत प्रदान गरेको छ । खासगरी जापानमा रहेका नेपालीहरुलाई लक्षित गरि ल्याइएको “आईएमई गरौ कार जितौ” योजनामा लक्की ड्र का लागि जापानबाट Kyodai Remittance मार्फत आईएमई नेपालमा पैसा पठाउने हरेक ग्राहक हरेक पटक पैसा पठाएलगतै लक्की ड्र का लागि स्वतः सहभागी हुनेछन् ।

जापानबाट नेपालमा पैसा पठाउन आईएमई प्रा.लि. ले जापानको इजाजत प्राप्त रेमिटयान्स कम्पनी Kyodai remittance सँग सहकार्य गरेको छ । जापानमा रहेका नेपालीहरुले यसरी पैसा पठाउँदा जापानका बिभिन्न बाणिज्य बैकका शाखाहरु, एटिएम मेशिन वा Kyodai remittance का टोकियो, गुन्मा, नागोया, योकोहामा लगायत बिभिन्न शहरमा रहेका काउण्टरमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् । उनीहरुले यसरी पठाएको रकम नेपालका बिभिन्न स्थानमा रहेका झण्डै १६ सय ५० बढि आईएमईका शाखा मार्फत उनीहरुका आफन्तले तत्काल प्राप्त गर्न सक्नेछन । थप जानकारीको लागि आईएमई कार्यालयको फोन नं. 03-68687971 मा सम्पर्क राख्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया