Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025
काठमाडौं– प्रमुख दलहरुले शान्ति प्रक्रियामा एक ऐतिहासिक सहमति गर्नेक्रममा मंगलबार राति केही रोचक कुरा पनि भएका छन् ।
पहिलो 
दलहरुबीच सहमतिमा हस्ताक्षर भएपछि त्यसको वाचन गर्नेक्रममा एमाले नेता भीम रावलले आफ्नो दलको नाम नै अर्कै भने । उनले सुरुमा हस्ताक्षर गर्ने दलका अध्यक्षको नाम भन्नेक्रममा उनले माओवादी अध्यक्ष र कांग्रेस सभापतिको नाम नबिगारी भने ।
तर एमाले अध्यक्ष झलनाथ खनालको नामपछि पार्टीको नाम भने उल्टो पढे । उनले भने– झलनाथ खनाल अध्यक्ष एकीकृत कम्युनिष्ट पार्टी मार्क्सवादी लेलिनवादी । पत्रकारले एमाले हैन र ? भने उनले फेरि एकीकृत नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेलिनवादी तर खास चाँही नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेलिनवादी भन्नुपर्ने थियो । तीनपटक सच्याउँदा पनि स्पष्ट नाम भनेनन् ।
दोस्रो
सहमतिमा चारैजनाले हस्ताक्षर गरेपछि त्यहाँ उपस्थित नेताहरुले हात उठाएर एकताको सन्देश दिन खोजे । तर साइडमा बसेका माओवादी उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा भने उठेनन् । नजिकै रहेका कांग्रेस नेता मिनेन्द्र रिजालले बोलाए । तर दुवै नेताले मानेनन् ।
त्यसपछि रिजालले नै तपाईंहरुको कुरा खुलस्त राख्नुस् भनेपछि वैद्यले सहमतिमा आफ्नो असहमति रहेको र आफ्नो धारणा बुधबार सार्वजनिक गर्ने बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया