Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- मंगलबार राति मुख्य तीन दल र मधेसवादी मोर्चाबीच सात बुँदे सहमति भयो । शान्ति सम्झौतापछिको यो सवैभन्दा ठूलो महत्त्वपूर्ण सहमति हो ।
सहमतिपछि नेताहरुले यसो भने –
माओवादी अध्यक्ष पुष्पकमल दाहाल
२०६३ असार २ गते गिरिजाप्रसाद र म बीच एउटा अनौपचारिक सहमति यहीँ (प्रधानमन्त्री निवास बालुवाटार) मा भएको थियो। शान्ति र संविधानप्रतिको जनताको चाहनालाई साकार पार्न यो सहमति भएको हो। म राष्ट्रप्रति, जनताप्रति र इतिहासप्रति इमान्दार भएर यो सहमति गरेको छु। हाम्रो पार्टीका उपाध्यक्ष कमरेड किरण र महासचिव बादलले सहमतिलाई लिएर असहमति जनाउनु भएको छ। उहाँहरुले उठाएका असहमति बारे छलफल हुनेछ। कार्यान्वयन गर्ने आधार नभइ सहमति गरिएको छैन। यसलाई कार्यान्वयन गर्न सकिन्छ।
कांग्रेस सभापति सुशील कोइराला
ऐतिहासिक निर्णय भएको छ। यो एकता कायम राख्दै हामी विकास निर्माणमा पूर्णत लाग्नेछौं। गिरिजाप्रसाद कोइरालाले थालनी गरेको शान्ति प्रक्रिया नेपाली कांग्रेसको सहयोगमा आज उहाँ आइपुगेको छ। अब मुलुकमा अमन चयन कायम भएर जानेछ। यसको कार्यान्वयनमा किन शंका गर्नुहुन्छ ? अब अरु विकल्पै छैन। सबै पार्टी एक बद्ध भएर अब हामी यसलाई सफल तुल्याएर छाड्छौं।
एमाले अध्यक्ष झलनाथ खनाल
ऐतिहासिक सम्झौता भएको छ। यसले नेपालको राजनीतिमा दूरगामी महत्व राख्नेछ। यो सम्झौता ३ करोड जनताको भावना अभिव्यक्त गर्ने सम्झौता हो। शान्ति र संविधानको प्रक्रिया टुंगो लगाउँदै सम्वृद्ध नेपाल बनाउने परिकल्पना गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। अब यो सहमतिलाई कार्यान्वयन गर्न एकताबद्ध भएर दृढतापूर्वक लाग्नुपर्छ। कार्यान्वयन गर्नमा हाम्रो पार्टी इमान्दार भएर लाग्नेछ।
फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार
नेपाली जनताले वर्षौंदेखि आशा गरिरहेको शान्ति प्रक्रिया पूरा हुनुपर्छ र लोकतान्त्रिक संविधान निर्माण हुनुपर्छ भन्ने चाहना थियो त्यो विश्वासलाई साकार पार्न आज ऐतिहासिक सहमति भएको छ। तीन मुख्य दलको अतिरिक्त मधेसी मोर्चाको समेत समर्थनमा सहमति भएको छ। यसले नयाँ संविधान लेखनलाई नयाँ दिशा दिनेछ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल
यो ऐतिहासिक निर्णय भएको छ। माओवादीको एउटा पक्षले सैद्धान्तिक असहमति मात्र जनाएको हो। उहाँको पार्टी अध्यक्षले हस्ताक्षर गरिसकेपछि त्यो आधिकारिक हुन्छ। यस्तो अवस्थामा निर्णय कार्यान्वन गर्न पार्टीलाई दवाब पर्छ।
कांग्रेस नेता कृष्ण सिटौला
शान्ति सम्झौता ०६३ मंसिर मंसिरमा अहिले संविधान सभा भएको स्थानमा भएको थियो। आज यो ऐतिहासिक घटना भएको छ। आजको सहमतिमा केही चुनौतीहरु छन्। मंसिर १४ अगाडि आज उल्लेख गरिएका विषय कार्यान्वयन गर्नुपर्ने अवस्था छ। दृढता र इमान्दारिका साथ कार्यान्वयन गरेर देश र जनताका पक्षमा उभिन सक्छौं भन्ने मलाई विश्वास छ।
तपाईको प्रतिक्रिया