Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- भारतीय राजदुत जयन्तप्रसादले नेपालले छुट्टै विनिमय पत्रको माग गरेपछि प्रधानमन्त्री डा बाबुराम भट्टराईको भारत भ्रमणको क्रममा दोहोरो कर अन्त्य सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन नसकेको खुलासा गर्नु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा राजदुत जयन्तले प्रधानमन्त्रीको भारत भ्रमण सौहाद्र पुर्ण भएको भन्दै भ्रमणले दुई मुलुकको सम्बन्धलाई अझै प्रगाढ बनाएको बताउनुभयो ।  उहाँले नेपाल भारतसीमामा आवतजावतमा देखिएको समस्याको आफूले अवलोकन गरेको भन्दै त्यो छिट्टै समाधान हुने विश्वास पनि ब्यक्त गर्नुभयो ।
साक्षात्कारमा राजदुत जयन्तले नेपालका राजनीतिक दलहरु शान्ति प्रक्रिया कसरी टुङग्याउने भन्ने विषयमा केन्द्रीत रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया टुङग्याएर दिगो शान्ति स्थापना गरी दु्रत विकासमा लाग्न थालेको बेला भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण उपयूक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो- त्यो बेला भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई कसैले अस्विकार गर्न सक्दैन । उहाँले विगत ४८ घण्टामा दलहरुको छलफल सकारात्मक रहेको भन्दै बाँकी रहेको १ महिनाभित्रमा शान्ति प्रक्रिया टुङगीने अपेक्षा ब्यक्त गर्नुभयो ।
उहाँले नेपाल राजनीतिक तरलताबाट गुजि्ररहेकोले विगतमा भएका सन्धीसम्झौता पुनरावलोकन हुन नसकेको भन्दै राजनीतिक स्थायीत्वपछि सबै सन्धी सम्झौताहरु पुनरावलोकन हुने विश्वास ब्यक्त गर्नुभयो । राजदुत जयन्तले भन्नुभयो-सन्धी सम्झौता पुनरावलकोन गर्न राजनीतिक दृढता चाहिन्छ त्यस्तो भए जुनसुकै कुरा पनि गर्न सकिन्छ । राजनीतिक समझदारी भए १९५० को सन्धी पनि पुनरावलोकन हुन सक्छ ।
उहाँले फास्टट्रयाक निर्माणको सन्दर्भमा केही महिना अघि नेपालले चासो पत्र भारतलाई पठाए पनि त्यसलाई फिर्ता लिएकोले नेपालले कस्तो सहयोग चाहेको भन्ने कुराको विषयमा भारत अनभिज्ञ रहेको उल्लेख गर्दै समस्या र अपेक्षाको विषयमा विस्तृत विवरण नेपालले दिए सो परियोजनामा भारत लगानी गर्न तयार रहेको समेत साक्षात्कारमा स्पष्ट पारे । उनले नेपालले प्रथामिकताकासाथ विषयहरुलाई प्रस्तुत गरे नेपालको प्राथमिकताको मुद्दामा भारत लगानी गर्न तयार रहेको बताए । उनले दुई मुलुकवीच सडक , हवाई र रेल मार्ग जोडने योजना भारतको प्राथमिकतामा रहेको बताए ।
तपाईको प्रतिक्रिया