Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो– मित्र प्राथमिक विद्यालयलाई फुक्वी रोटरी क्लब जापानले करिब छ लाख मूल्य बराबरको विभिन्न शैक्षिक सामग्री प्रदान गरेको छ ।

सन् २००२ देखि काठमाडौँको सो विद्यालयलाई शैक्षिक सामग्री सो क्लबले प्रदान गर्दै आएको छ ।

जापानको फुक्वी सहरमा जन्मिएकी सो विद्यालयकी प्रधानाध्यापक मासाको बरुवाले नेपाल आएर नेपाली विद्यार्थीका लागि गरेको योगदानको कदरस्वरूप सो सहयोग गरेको विद्यालयमा आयोजित कार्यक्रममा रोटरी क्लब फुक्वीका अध्यक्ष किजीमाले बताउनुभयो ।

विद्यालयकी प्रधानाध्यापक मासाको वरुवाले नेपालको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सो विद्यालय सञ्चालन गरेको बताउनुभयो ।

नेपालबाट सन् १९०२ मा चन्द्रशमशेरको पालामा आठजना विद्यार्थी जापानमा गएर पढेको इतिहासलाई सम्झदै अध्यक्ष किजिमाले भन्नुभयो– ‘सोही समयदेखि नै जापानले नेपालमा शैक्षिक चेतनास्तर अभिवृद्धिमा सहयोग गर्दै आएको छ ।’

फुक्वी रोटरी क्लबले मित्र प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री कम्प्युटर, किताव, कक्षाकोठा, शौचालय र खेलकुदका सामग्री बर्सेनि प्रदान गर्दै आएको छ ।

सो कार्यक्रममा दन्तविशेषज्ञ डा ओमरीले ५०० वटा दाँत माझ्ने ब्रस विद्यार्थीलाई बाड्नुभएको थियो भने दाँत माझ्ने तरिकासमेत सिकाउनुभएको थियो । -रासस

तपाईको प्रतिक्रिया