बुधबार, आषाढ ०५, २०८१
Wednesday, June 19, 2024

काठमाडौ – सरकारले मन्त्रीहरु र राष्ट्रसेवक कर्मचारीहरुले पालना गर्ने आचारसंहितालाई अन्तिम रुप दिने जिम्मा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई दिएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले आचारसंहितालाई अन्तिम रुप दिने जिम्मा प्रधानमन्त्री भट्टराईलाई दिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभयो । बैठकले अन्तराष्ट्रिय सहकारी वर्ष मनाउन कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्तको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

सरकारले सन् २०१२ लाई सहकारी बर्ष मनाउन आवश्यक तयारी गर्नका लागि समिति गठन गरेको प्रबक्ता श्रेष्ठले बताउनुभयो ।

सरकारले घोषणा गरेको तीन खम्बे आर्थिक नीतिमै सहकारीलाई पनि समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया