Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौ । दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान समूहले पार्टीका केही गद्धार व्यक्तिहरुले झुठ्ठा र कपोल्कल्पीत आरोप लगाएर पार्टी नीति र आचरण विपरीतको काम गरेको आरोप लगाएको छ ।

राजधानीमा आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष पासवान समर्थित समूहले पार्टी भित्रका केही अराजक व्यक्ति र तत्वले अनर्गल अरोप लगाई अध्यक्ष पासवानलाई निलम्बन तथा निष्काशान गरेको आरोप लगाएको छ ।

कारबाहीमा परेको भनिएका अध्यक्ष पासवानले आफू दलित र जनजातिको हक अधिकार तथा संविधान लेखनको कार्यमा इमान्दार साथ लागेको भन्दै आफ्नो बचाउ गर्नुभएको छ । उहाँले आफुलाई लगाइएको आरोप सबै गलत रहेको भन्दै खण्डन गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तीमा दलित जनजाति पार्टीको अध्यक्ष पासवान यथावत रहेको र उहाँलाई आफुहरुको समर्थन रहेको सह–सचिव वीरेन्द्र कुमार सदाले बताउनुभएको छ । उहाँले चरित्र हत्या गर्ने तथा भ्रामक समाचार फैलाउने समूहको पछि नलाग्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह पनि गर्नुभएको छ ।

दलित जनजाति पार्टीका दिल मिझारले आफुलाई केन्द्रीय कार्यसमितिले निर्णय गरेर कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको भन्दै अध्यक्ष पाश्वानलाई बिभिन्न आरोप लगाएर निलम्बन गर्नुभएको थियो । पाश्वानलाई बिदेशी रकम हिनामिना गरेको, व्यक्तिगत सम्पत्ति आर्जन गरेको, पार्टी नीति विपरित लागेको, चिनियाँ बिरोधी गतिविधि गरेको, संविधानसभामा लाजमर्दो व्यवहार देखाएको लगायतका आरोप दिल मिझार समूहले लगाएको छ ।

तपाईको प्रतिक्रिया