Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

टोकियो – संयुक्त अरब ईमिरेटस दुबईबाट समाजसेवी तथा ईन्जिनियर चन्द्रप्रसाद सापकोटाले गैरआवासीय नेपाली संघ केन्द्रिय समन्वय परिषद्को अक्टोबर १२ देखि १४ तारिखसम्ममा काठमाण्डुमा हुन लागेको पांचौ सम्मेलनले संघको नयां कार्यसमिति चयन गर्ने उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको छ।

हिजो गैर आबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिसद युएईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाले सो घोषणा गर्नभएको हो । युएईमा नेपाली समाजको संयोजक समेत भई गैरआवासीय नेपाली संघको स्थापना कालमा संयोजक हुंदै मध्यपूर्ब संयोजक सम्म हुनुभएका सापकोटाले हरेक युएई नेपाली कार्यक्रमहरु र हरेक समस्या माझ पुगेर त्यस्ता समस्यालाई किनारा लगाउने सम्म कार्यमा आफ्नो संलग्नता जनाउदै सम्पूर्ण नेपालीहरु माझ चिरपरिचित हुनुहुन्छ । मध्यपूर्व क्षेत्रीय संयोजकमा हुंदा आफुले धेरै कार्य गर्न पहल गरेको र केहि काम अधुरा अवस्थामा छोड्नुपरेको थियो त्यसले अब अन्तरराष्ट्रिय समन्ब परिषदको केन्द्रीय उपाध्यक्ष्य पदमा रही आफ्ना अनुभव र लगाबलाई संस्थागत बिकासमा लगाई संस्थाको उद्देश्य पुरा गर्नका लागि साथीहरुको अनुरोधमा सो को कदर गर्दै संघको केन्द्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा आफुले उम्मेदवारीको घोषणा गरेको बताउनुभएको छ।

उहांले आफु उक्त पदमा निर्वाचित भएमा एनआरएनएले उठाउंदै आएको नागरिकताको सबालमा, सुरुक्षित आप्रबास, खाडी देशमा महिला कामदारका समस्या, वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या, खाडी देशमा श्रम सम्झौता, सामूहिक लगानी कोष स्थापना गर्ने देखि बिधान संसोधन लगायतका प्रस्तावलाई कार्यान्वयन गर्न सकृयताकासाथ लाग्ने कुरा बताउनुहुन्छ । बिगत ३० वर्ष देखि सिभिल ईन्जिनिरिंग कोर्स पुरा गरि दुबईमा पेशा ब्यबसाय संचालन गर्दै आएका सापकोटा गैरआवासीय नेपालीहरुको एकताको यो अभियानमा राजनीतिक, धार्मिक, क्षेत्रीयता तथा जातीयता भन्दा माथि उठेर सबैको साझा हो भन्ने सोची आफु अगाडि बढ्ने र संस्थाका साथीहरुलाई पनि सोहिअनुसार आफुले उत्प्रेरित गर्ने र त्यसो भएमा संस्थागत विकास हुने कुरामा आशाबादी हुनुहुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया