Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजमार्गका होटलहरुमा बासी सडेगलेको र फोहोर खाना खुवाएर यात्रुहरुबाट बढी पैसा असुलेको गुनासो आएपछि त्यस्ता होटलको तत्काल निरीक्षण र अनुगमन गरी कारवाही गर्न प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौडेललाई निर्देशन दिनु भएको छ ।

त्यस्तै राजमार्गका होटलहरुमा भएका अव्यवस्थित शौचालयलाई तत्काल व्यवस्थित बनाउन तथा दशैका बेला सवारीधनीहरुले यात्रुहरुबाट मनपरी भाडा असुलेको विषयमा पनि छानविन गरी कारवाही गर्न सचिव पौडेललाई निर्देशन दिनुभएको छ ।

आजको कान्तिपुर दैनिकमा अखण्ड भण्डारीले ‘राजमार्गको भात’ शिर्षकको लेख मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि उहाँले यस्तो निर्देशन दिनु भएको हो । उक्त लेखमा भण्डारीले राजमार्गका होटलहरुले बस चालकको मिलेमतोमा यात्रुहरुमाथि लुट मच्चाएको र अत्यन्तै फोहोर खाना खुवाएको तथा अव्यवस्थित शौचालय भएको उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्री भट्टराईले कुनै न कुनै माध्यमबाट आएका जनताका गुनासाहरुलाई तत्काल सम्बोधन गरिरहनु भ्रएको छ । यस अघि पनि उहाँले अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित पाठक पत्रको आधारमा काठमाडौको नन्दीरात्री स्कूलको भ्रमण गरी आवश्यक निर्देशन दिनु भएको थियो ।

त्यस्तै जनताको प्रत्यक्ष सरोकार राख्ने कुनै पनि निकायमा हुने यस्ता खालका गतिविधि तत्काल जानकारी गराउन प्रधानमन्त्रीको नीजि सचिवालयले आग्रह गरेको छ । हरेक माध्यमबाट आएका गुनासाहरुको तत्काल सम्बोधन गरिने प्रधानमन्त्रीले घोषणा गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया