Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

डोटी । डोटी जिल्लाका ग्रामिण क्षेत्रमा दशैँको चहल पहल सुरु भएको छ । स्थानिय बासिका अनुसार यहाँको बजार क्षेत्र भन्दा ग्रामिण क्षेत्रका पशल हरुमा दशैका लागी सर सामान किन्ने हरुको दिनहु भिड लाग्ने गरेको छ ।

यहाँका अधिकाँश ग्रामिण क्षेत्रमा सडक सेवा पुगे पछि गाउघरमा स्थानिय बासि बजारमा आई सर सामान किन्नको साटो गाउ घरमै किन्न थालेकोले शहर बजार भन्दा गाउँमा दशैँको चहल पहल बढेको गड्सेराका स्थानियबासी डम्बर बिष्टले बताए । उनले भने शहरबजारमा पाईने मुल्य बराबरको सर सामान अहिले गाउ घरैमा पाईन्छ अनि किन बजार धाउनु खर्चबढी गर्न बजारमा गर्ने खर्चले घरमा अरु केहि सामान किन्न पुग्छ । यतिमात्र नभई गाउघरमा दशैका लागी भन्दै नयाँ नयाँ चिज तथा लुगा किन्नेको पनि घुईचो लाग्ने गरेको जलादेबी फेन्सि बुडरका लोग मल्लले बताए । उनका अनुसार अरु समयमा दैनिक ५ देखी ७ हजारका फेन्सि बिक्री हुनेगरेकोमा अहिले दशैको सिजनमा दैनिक २० देखी ३०हजारको फेन्सि लुगा बिकि्र हुनेगरेको छ ।

यहाँका गाउँघरमा गाडी पुगेपछि अधिकाँश स्थानियले आफ्नै गाउँमा फेन्सि लगायत अन्य थुप्रै चिजका पसल गाउँमै थापे पछि अहिले बजारमा लुगा लगायत अन्य सर सामान किन्न गाउँ बाट कोही कोही मात्र आउने गरेकोले क्षेत्रिय सदरमुका दिपायल तथा जिल्ला सदरमुकाम सिगढीमा रहेका पशलमा बिक्री बितरण बिगतको भन्दा निकै मात्रामा घट्न थालेको शुभलक्ष्मि बस्त्रालय दिपायलका जंग रावलले बताए । उनले भने पहिला पहिलाको दशैँमा हामीलाई सर सामान बिक्री गर्दा गर्दै खाना खाने समय हुदैन थियो अहिले त काठमान्डौ बाट होल सेलमा ल्याएको सामान पनि बिक्री गर्न नपाएर सबै मुसाले काटेर प्वाल पारी सकेको छ हाम्रोकाम दैनिक त्यहि लुगामा लागेको धुलो फल्ने मात्र छ ।

 

यतिमात्र नभई कामको खोजीका लागी छिमेकी मुलुक भारतका बिभिन्न शहरमा गएका यहाँका ग्रमिण क्षेत्रका स्थानियबासी अहिले धमाधम गाउँ फर्किन थालेका छन् । उनिहरु गाउँ फर्किन थालेका कारण झन गाउँमा चहल पहल बढेको बर्छैन स्यालीका धनबहादुर कलेलले बताए । दशैका लागी भन्दै यहाँका अधिकाँश स्थानियबासीले घर घरमा खसिबोका किन्न थालेको समेत कलेलले बताए ।

तपाईको प्रतिक्रिया