Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

हिन्दुहरुको महान चाड बडा दशैंको बिशेष अबसरमा कोलोराडो स्थित अरोरा शहरका नेपालीहरुले बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरि भब्य रुपमा मनाय । अरोराबासीनेपालीहरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमको मध्य नेपालको प्रसिद्ध एफ एम कालिका एफ एम ९५.२ बाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । गायिका उत्तरा श्रेष्ठको दुर्गा भजनबाट सुरु भएको उक्त कार्यक्रममा स्थानीय बालकलाकारहरु श्रया पोखरेल, प्रसन्ना कार्की, स्तुति सापकोटा, जेरुसा ढुंगाना, संस्कृति नेपाल बियंका गौतमले “मै छोरी सुन्दरी कसरी भरु पानी” भन्ने बोलको गीतमा मनै छुने नृत्य गरेका थिए । अलिसा खड्का र मलिसा दाहालले कोरियोग्राफी गरेको उक्त नृत्यलाई उपस्थित सबैले प्रसंशा गरेका थिए । बहुमुखी प्रतिभाका धनी सात बर्षीय बालकलाकार रिशान कार्कीको सुमधुर स्वरले दर्शकहरुलाई मन्त्रमुग्ध पारेको थियो ।

प्रशिद्ध गायक, गायिकाहरु निर्मला श्रेष्ठ, सीमा पोख्रेल कार्की, मनोज तुलाधर र सुरज थापाको राष्ट्रिय भावनाले ओतप्रोत अनि उकाली ओराली र माया प्रितिका गीतले कार्यक्रमलाई अझ राम्रो पारेको थियो भने सहारा कार्कीको सुन्दर नाच, अम्बिका अधिकारी तथा युबु केसीको कमेडीयुक्त नृत्यले सबैलाई चकित पारेको थियो । यसैगरी सलौना सिग्देल र अभिषेक भण्डारीको नाच पनि कम प्रशंसायोग्य थिएन । अनि दिक्षा प्रधानको “कर्कलो गावा कठै मेरो बाबा” नृत्यमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । एउटा नौलो र समसामयिक नाटक प्रस्तुति गरेर स्थानीय कलाकारहरु कुमार कार्की, भुवन गौतम, पौरख रिजाल, सुयोग दाहाल र गंगा चौलागाईंले दर्शकहरुलाई पेट मिचिमिची हँसाएका थिए ।

त्यसैगरी हास्य ब्यङ्गयुक्त नाटकमा देवादी देव महादेवलाई पनि डिभी चिट्ठा परेर सपरिवार अमेरिका आउँदाको अवस्था र पार्वती माताले नेपालको पुस्टकारी, गुँदपाक र मिठाई खाएर शौचालय जाँदा प्लेन छुटेको अनि गणेशको बाहन (मुसो) हंगकंग जाने प्लेनमा चडी दु:ख दिएको कुरालाई बडो राम्रोसंग प्रस्तुति गरिएको थियो । उक्त नाटकको परिकल्पनाकार बासुदेब दाहाल हुनुहुन्थ्यो भने संवाद लेखन तथा निर्देशन गंगा चौलागाईं र कुमार कार्कीले गर्नुभएको थियो । कार्यक्रमलाई अझ रोचक मनोरञ्जनपूर्ण र सबैलाई मन पर्ने गरी प्रस्तुत गर्न स्वयम् सेवकहरुले ठूलो मिहेनत गरेका थिए । सैलेश पोखरेल, राजेन्द्र सिग्देल र राधाकृष्ण खड्काले कार्यक्रमको फोटो खिचेर सहयोग गर्नु भएको थियो भने बसन्त गौतम र लिलानाथ ढुंगानाले कार्यक्रम संयोजन तथा उद्घोषणमा सहयोग गर्नुभएको थियो । यसैगरी कार्यक्रमलाई सफल पार्न धेरै सहयोग गर्नुहुनेहरुमा भवानी दाहाल, शर्मिला शर्मा, नम्रता पोखरेल, कोपिला ढुंगाना, अलिसा खड्का, मलिसा दाहाल, भुवन गौतम, प्रभा कार्की, योगराज गौतम, उपेन्द्र रिजाल, सुरज थापा लगायतका स्वयम् सेवकहरु हुनुहुन्थ्यो | बाद्यबाधनमा रिजुल कार्की, सीमा पोखरेल कार्की र रमेश कार्कीले सहयोग गर्नुभएको थियो भने साउण्ड सिस्टममा बरिस्ठ कलाकार सुरेश प्रधानले सहयोग गर्नुभएको थियो । कार्यक्रमलाई मध्य नेपालको लोकप्रिय कालिका एफ.एम.बाट प्रत्यक्ष प्रसारण गर्नमा बासुदेव दाहालले सहयोग पुर्‍याउनु भएको थियो |

बिगत वर्षदेखि अरोराबासी नेपालीहरुले यसरी बडा दशैं कार्यक्रम मनाउँदै आएका छन् । यसबाट यही जन्मेहुर्केका बालबच्चाहरुले नेपाली कला, संस्कृति र परम्परालाई चिन्ने र जान्ने मौका पाएका छन् भनी स्थानीय अभिभावकहरु खुशी ब्यक्त गर्दछन् र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर भैरहनु पर्दछ भन्ने बिचार ब्यक्त गर्दछन् ।

कार्यक्रमको बिशेष आकर्षण भनेको स्थानीय अधिकांश युवाहरुले नेपाली पोशाक दौरा, शुरुवाल र टोपी अनि महिलाहरुले साडीचोलो लगाएर उपस्थित भएका थिए भने कार्यक्रममा झन्डै दुईसय जनाको उपस्थिति रहेको थियो । कार्यक्रमलाई नेपालीपन दिनको लागि नेपाली पोशाकको अतिरिक्त र खानामा सेलरोटी, खसीको मासु र बिबिध नेपाली परिकारहरुले नेपालकै अनुभूति हुने गरी राखिएको थियो । यो कार्यक्रम कोलोराडोवासी नेपालीहरुको लागि एउटा नमुना कार्यक्रम थियो भन्ने कुरामा उपस्थित सबै सहमत थिए । झन्डै सय घर नेपालीहरु बसोबास रहेको यस शहरका नेपालीहरु सामुहिक रुपमा परम्परागत नेपाली चाडबाडहरु मनाउने कुरामा कोलोराडोमा अग्रपंगतिमा रहेका छन् ।

तपाईको प्रतिक्रिया