Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आर्थिक विकासका सवालमा शान्ति र संविधानको महत्वपूर्ण योगदान हुने भएकाले सबैले आफ्नो ठाउँबाट इमान्दारिताका साथ लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

एमाले गाउँ इकाइ कमिटी डुमरिया मटिऔनद्वारा आइतबार विहान आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै एमालेका बरिष्ठ नेता नेपालले शान्ति र संविधानका लागि सबै एकजुट भएर अघि बढेमात्र सफल हुने पनि बताए ।

नेता नेपाल कनकपुर गाविसमा विजयादशमी तथा छठपर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा सहभागी हुँदै ४५ दिन भित्रमा शान्तिप्रक्रिया समाधान गर्छु भन्ने प्रधानमन्त्री बावुराम भट्टराईको अभिव्यक्ति पूर्णतया हावादारी भएको भएको प्रतिकृया दिए ।

पार्टीका कार्यकर्ताहरुलाई शुभकामना दिँदै एमाले नेता नेपालले जनताको काम गर्न र जिल्लामा भए गरेका भ्रष्टाचारका विषयलाई लिएर चनाखो हुन पनि आग्रह गरे ।

तपाईको प्रतिक्रिया