Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

हिन्दुहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा अक्टोबर ६ तारिखका दिन जापानको योकोहामा शहरस्थित कानागावा केनमिन सेन्टरमा कृष्ण के श्रेष्ठ “काल्स” को अध्यक्षतामा नेपाल जापान सेवा समाज (नेजासेस) को नौ सदस्यीय कार्यसमितिको गठनसँगै विजयादशमीको शुभकामना आदानप्रदान एवम् सामुहिक टिका लगाउने कार्यक्रम आयोजना गरियो ।

कार्यसमितिको अध्यक्षमा कृष्ण के श्रेष्ठ काल्स, उपाध्यक्षमा हर्क सिंह सुनुवार, सचिवमा प्रकाश गुरुङ, कोषाध्यक्षमा सुरज श्रेष्ठ र सदस्यहरुमा राजकुमार श्रेष्ठ, प्रमोद अर्याल, मुना मुखिया, बिनोद सन्जेल र भावना श्रेष्ठ निर्वाचित हुनु भएको छ । उक्त कार्यक्रममा योकोहामा लगाएत जापानका विभिन्न शहरमा बसोबास गरिरहेका करिब २० जना नेपाली बिद्यार्थी लगायत केहि ब्यबसायी हरुको सहभागिता पनि रहेको थियो ।

नेपाली कला संस्कृति र साहित्यलाई जापानीहरुमाझ चिनाउने उद्य्श्य लिएर गठन गरिएको उक्त समूहले जापानमा आफ्नो देश छाडी विभिन्न उद्य्श्य बोकेर बसोबास गरिरहेका नेपालीहरुको लागि नेपाली चाडपर्बहरुमा विभिन्न सांस्कृतिक र साहित्यिक कार्यक्रमहरु गरेर मनोरञ्जन प्रदान गर्ने कुरा पनि मन्तब्यका क्रममा संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

साथै नेपालमा हुने कुनै पनि आपत विपतको बेलामा जापानमा रहेका नेपालीहरुले गर्न सक्ने आर्थिक, भौतिक सहयोगको लागि पहल गर्ने कुरा पनि समुहको अर्को महत्वपूर्ण उद्य्श्य रहेको कुरा पनि मन्तब्य क्रममा सस्थाका उपाध्यक्ष सुनुवार र सचिब गुरुङले बताउनु भयो ।

करिब २ घण्टा सम्म चलेको उक्त अन्तर्क्रिया कार्यक्रममा समुहको बारेमा बिबिध बिषय हरुमा अन्तर्क्रिया, संस्थाको बिषयमा विभिन्न बिषयमा निर्णय, लगायत संथाको भाबी योजना र कार्यक्रमहरुको बारेमा छलफल गरिएको थियो ।

संस्थाको अर्को कार्यक्रम नोभेम्बर ३ तारिख को दिनमा गरिने जानकारी सहित संस्थाका अध्यक्ष र उपाध्यक्षको हातबाट सामुहिक टिका लगाएर कार्यक्रम सकिएको थियो ।

तपाईको प्रतिक्रिया