मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

युवा श्रमजीवी पत्रकारको हकहित तथा व्यावसायिकता र क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्य राखेर टेलिभिजन तथा रेडियो युवा पत्रकार सञ्जाल गठन भएको छ। गत शनिवार काठमाडौमा विभिन्न सञ्चार माध्याममा कार्यरत युवा पत्रकारहरुको एक भेलाले नेपाल वान टेलिभिजनका पत्रकार अनन्त अनुरागको अध्यक्षतामा सञ्जालको तदर्थ समिति गठन गरेको हो।

सञ्जालको उपाध्यक्षमा एबीसी टेलिभिजनका अर्जुन श्रेष्ठ, महासचिवमा एभिन्युज टेलिभिजनका युवराज न्यौपाने र सचिवमा कान्तिपुर एफएमका अनिल परियार रहेका छन्। यसैगरी सञ्जालका सदस्यहरुमा हिमालय टेलिभिजनका अनन्त अधिकारी, सिटिजन एफएमकी पुनम डिसी, हेडलाइन्स एफएमका खगेन्द्र सुनार, नेपाल एफएमका दीपेन्द्र खड्का, क्लासिक एफएमका सुदिप कोइराला र च्यानल नेपाल टेलिभिजनकी सुशीला थापा चयन भएका छन्।

सञ्जालले निकट भविष्यमै देशभर शाखा विस्तार गरी व्यावसायीक पत्रकारिताको हितमा कार्य सञ्चालन गर्ने सञ्जालका अध्यक्ष अनुरागले बताउनुभयो। ***

तपाईको प्रतिक्रिया