Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

जापानका नेपालीहरुले पनि गच्छेअनुसार दशैं मनाउने चलन धेरै पुरानो हो । समयनुकूल पर्नेहरु सकेसम्म स्वदेश फ़र्कने र समय नमिल्नेहरु जापानमै भएपनि आफन्तजन, साथीभाइ र छिमेकका नेपालीहरु एकैठाउँमा भेला भई मीठोचोखो परिकार तयार गरी जेठोपाको मान्छेको हातबाट टीका जमरा र आशिरबाद ग्रहण गरी न्यास्रो मेटाउने प्रचलन छ ।

सोहीअनुसार जापानको बिभिन्न शहरमा सानाठूला दशैं कार्यक्रमहरु तय भएका छन् । यो बर्षको दशैंमा जापानमा औपचारिक खालको ठूला कार्यक्रमहरु खासै नभएपनि सानातिना दशैंबिशेष जमघट भने धेरै ठाउँमा तय भएको थाहा भएको छ ।

टोकियोमा नेपाली बिद्यार्थी समाज जापान र अन्तरराष्ट्रिय नेपाली समाज जापानको आयोजनामा यहि ९ तारिख आइतवार दशैंबिशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ भने ओसाकामा ब्यवसायी तुल्सीराम खरेलको संयोजनमा दशैंबिशेष भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । यसैगरी गुन्माकेन, योकोहामा, साइतामाकेन, चिवा, इवाराकी लगायतका शहरहरुमा पनि नेपालीहरु आपसमा भेला भई दशैं मनाउने कार्यक्रम तय भएको समाचार छ ।

टोकियोको सिन्जुकुमा हिजै केही नेपालीहरुले सिंगो खसीको ब्यवस्था गरी ताजामासुको जोहो गर्दै दशैं मनाउने तैयारी गरेका छन् भने अन्य बिभिन्न नेपाली भोजनालय तथा रेष्टुरेन्टमा पनि आज टीकाको दिनमा साथीभाइ भेला भई दशैंको शुभकामना आदान-प्रदान गर्नुकासाथै टीकाजमरा र आशिरबाद ग्रहण गर्ने कार्यक्रमहरु तय गरिएका छन् ।

उसो त केहि बर्ष यता आफु नेपाल जानुको साटो नेपालबाट आफ्ना बाबुआमा वा आफन्तलाई नै यतै बोलाई दशैं मनाउनुकासाथै जापान घुमाएर पठाईदिने प्रचलन पनि बढ्दै गईरहेको छ । यसै सन्दर्भमा ब्यवसायी अरुणकुमार श्रेष्ठले आफ्ना बुवालाई जापान बोलाई घुमफिर गराउनुकासाथै जापानमै दशैं मनाएर नेपाल फ़र्कने तैयारी गरिरहेको थाहा भएको छ भने पत्रकार भूषण घिमिरेले पनि आफ्ना बुवाआमालाई जापान बोलाई घुमफिर गराउनुकासाथै यतै सपरिवार दशैं मनाउने कार्यक्रमको तैयारी भईरहेको बुझिएको छ । उता साहित्यकार आलोक चालिसेले पनि दशैंको बेलामा आफ्ना बुवालाई जापान घुम्न बोलाई दशैं मानेर नेपाल जाने कार्यक्रम बनाएको थाहा भएको छ । यसैगरी अर्का रेष्टुरेन्ट ब्यवसायी हिमाल भट्टराईले पनि आफ्ना मातापितालाई जापान घुम्न बोलाई दशैं जापानमै मान्ने योजना रहेको बताएका छन ।

उसो त पछिल्ला केहि बर्ष यता जापानमै घर, फ्ल्याट किनेर सपरिवार यतै बस्ने प्रचलन पनि बढ्दै गईरहेको छ । सपरिवार यतै हुनेहरुका लागि दशैंको माहौल नै फरक हुने नै भयो । परिवार यता नहुनेहरु भने साथीभाइसंग पायक पर्ने कतै भेला भई खाईपिई गरी रमाईलो गर्ने र दशैंको न्यास्रो मेटाउने गर्दछन् । नेपालमा दशैं भएपनि जापानमा दशैं बिदा नहुने हुँदा दिनभर काम गरेर भएपनि साँझ भेटघाट भई दशैं मनाउनुपर्ने जापानमा रहेका नेपालीहरुको विवशता हो ।

दशैंकै लागि भनेर नेपालीहरुको किनमेल र तैयारीलगायतका चहालपहल पनि बढेको छ । टोकियोको मुटुमा पर्ने सिनओकुबामा मासुमसला, खैनीसूर्ती र स्वदेशी उत्पादनका दर्जनौ पसलहरुमा हिजोअस्ती देखि नै भिड लाग्न थालेको छ । खासगरी खसीको मासु र अन्तरराष्ट्रिय टेलिफोन कार्डको किनमेल अत्यधिक बढेको नेपाली पसल बाराही फूड् एण्ड स्पाईस सेन्टरका मार्केटिङ डाईरेक्टर लक्ष्मण खत्रीले बताए । उनकाअनुसार दशैंका बेला खसीको मासुको अत्यधिक माग बढ्ने गरेको र टाढाटाढाका नेपालीहरुका लागि डेलिभरि गरी पठाईने गरेका बताए ।

जापानमा स्थायी भिसा भएकाहरु र राम्रो आयश्रोत भएकाहरुका लागि यहाँको बैंक वा बित्तियसंस्थाहरुले गाडी, घर-फ्ल्याट आदी किन्नका लागि सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्ने र उक्त ऋण उमेरअनुसार किस्ताबन्दीमा बिसौं वा तिसौ बर्ष लगाएर भुत्तानी गर्न पाईने भएकोले पछिल्ला समयमा जापानका नेपालीहरु घर, फ्ल्याट वा गाडि किन्न उत्साहित देखिएका छन् ।

घर-फ्ल्याट यतै किनेर सपरिवार जापानमै बस्ने गरेकाहरुले आफ्ना नानीहरुको शिक्षादिक्षा पनि यतै गराउने प्रचलन पनि जापानमा बसिसकेको छ । बिदेशीका बच्चाहरुका लागि अंग्रेजी माध्यममा प्रारम्भिक शिक्षादिक्षाका गराउन भारतीयहरुको लगानीमा टोकियोमा एउटा बिद्यालय पनि छ । तुलनात्मकरुपले महंगो (मासिक करिव रु.७० हजार) भएपनि अंग्रेजी माध्यममा पढाई हुने भएकोले नेपाली, भारतीय लगायत बिदेशीका बच्चाहरु जापानी बिद्यालयमा पढाउन भन्दा उक्त बिद्यालयमा पढाउने गरेको पाईन्छ। तर जापानमा प्रारम्भिक शिक्षा लिएका नानीहरु अन्ततोगत्वा भाषा वा आफ्नो नेपालीपन पनि आवश्यक पर्ने हुँदा नेपालको शिक्षा पनि लिनै पर्ने भएकोले पढाईकै लागि आफ्ना नानीहरुलाई नेपालमा छोडेर आफुहरु जापानमा रोजगारी या ब्यवसाय गर्ने नेपालीहरुको संख्या पनि अधिक छ । ***

तपाईको प्रतिक्रिया