Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- अफगानिस्तानमा भएको कार बम आक्रमणमा परि एक नेपाली घाइते भएका छन् । अफगानिस्तानको कान्दाहारमा शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्चायुक्तको कार्यालयमा भएको आक्रमणमा उनी घाईते भएका हुन् ।
कान्दाहारस्थित राष्ट्रयसंघीय उच्चायुक्त कार्यालयमा भएको आक्रमणमा घाइते भएका ती नेपालीको पहिचान नखुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रान्तीय गभर्नर कार्यालयकाअनुसार आत्मघाती कार बम आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार ज्यान गुमाउनेमा एक जना अफगान प्रहरी र तीन जना सर्वसाधारण छन् ।
तपाईको प्रतिक्रिया