Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको तीन महिना नपुग्दै उनको विकल्पबारे छलफल सुरु भएको छ ।
वार्तामा सहभागी एक एमाले नेताले समुद्रपारिलाई पहिलोपटक खुलासा गरेअनुसार यसअघि भएको शीर्ष नेताबीचको छलफलमा बाबुरामको विकल्पबारे छलफल भएको हो । ‘कांग्रेस र एमाले सवै विषयमा प्याकेजमा टुंगो लगाउने पक्षमा छ,’ उनले भने, ‘त्यसमा अरु विषयसँगै राष्ट्रिय सहमतिको सरकारको कुरा पनि प्रमुखरुपमा उठेको छ ।’
ती नेताले नाम नखोल्ने शर्तमा दिएको जानकारी अनुसार सहमतिको सरकारको स्वरुपबारे छलफल भइरहेको छ । माओवादीले अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको बनाउने र यसैले शान्ति र संविधान पूरा गर्ने र त्यसपछि निर्वाचन गराउने सरकार कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउँदै आएको छ ।
एमालेले भने शान्ति प्रक्रिया पूरा गर्न, संविधान निर्माण गर्न र आम निर्वाचन गराउन अलग अलग सरकार बनाउनुपर्ने प्रस्ताव गरेको छ । ‘एमालेले दुई पटक नेतृत्व गरिसकेकाले फेरि नदिने अन्य दलको कुरा छ,’ तीन नेताले भने ।
तपाईको प्रतिक्रिया