काठमाडौं– उपराष्ट्रपति परमानन्द झालाई मातृशोक परेको छ ।
उनकी आमा राधादेवीको आइतबार अपराह्न ४ बजे काठमाडौंस्थित उपराष्ट्रपति निवास कपुरधारामार्गमा सतासी वर्षको उमेरमा निधन भएको हो ।
स्व झाका चार छोरा र तीन छोरी छन् । उनको आइतबार साँझ स्वर्गीय झाको दाहसंस्कार गरियो । उपराष्ट्रपति झाले आमालाई मुखाग्नि दिए ।